हाकुफाहिटी, भार्वाचो र बंशगोपालमा मासु पसल अनुगमन


असार १२, २०८०, मङ्गलबार | विहान १०:०९ बजे | 60


हाकुफाहिटी, भार्वाचो र बंशगोपालमा मासु पसल अनुगमन

भक्तपुर, १२ असार । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा हाकुफाहिति, भार्वाचो र बंशगोपालमा मासु पसल अनुगमन गरियो । 
अनुगमनमा न्यू नवदुर्गा कोल्ड स्टोरमा कुुखुरा वध गर्ने स्थान फोहर देखिएकोले सरसफाईमा ध्यान दिन, एप्रोन सेटो प्रयोग गर्न, मासु काट्ने भा“डावर्तन सफा राख्ने, ढक तराजू नविकरण गर्ने, फ्रिजमा का“चो र पाकेजिड्ड सामान मिसाएर राखेकोले छुट्टाछुट्टै राखी व्यवस्थित गर्न निर्देशन दियो ।
त्यस्तै हरिकृष्ण शाहीको मासु पसलमा सरसफाईमा ध्यान दिन निर्देशन दियो भने रामकृष्ण कोल्डस्टोरमा सरसफाईमा  ध्यान दिन, एप्रोन सेतो प्रयोग गर्न, मुल्य सुचि राख्न, मासु खुल्ला नराखी बाकस बनाई झिंगा र धुलोले नभन्किने गरी राख्न र फ्रिजमा का“चो र पाकेजिड्ड सामान मिसाएर राखेकोले छुट्टाछुट्टै राखी व्यवस्थित गर्न निर्देशन दियो ।
त्यस्तै भार्वाचो मासु पसल भित्ता सफा गर्न मिल्ने गरी कार्पेट वा टायल राख्नु पर्ने, एप्रोन सेतो प्रयोग गर्न, मुल्य सुचि राख्न, सरसफाईमा ध्यान दिन, फ्रिजमा विग्रेको मासु र ताजा मासु छुट्टाछुट्टै राखी का“चो र पाकेजिड्ड सामान मिसाएर राखेकोले छुट्टाछुट्टै राखी व्यवस्थित गर्न  निर्देशन दियो । 
त्यस्तै एसन मिट सपमा एप्रोन सेटो प्रयोग गर्न, भित्ता सफा गर्न मिल्ने गरी कार्पेट वा टायल राख्नु पर्ने, पसल दर्ता नभएकोले तीन दिन भित्र दर्ता गर्न निर्देशन दिई तराजू थान १ जफत गरियो । 
त्यस्तै छोरी मैया“ शाहीको मासु पसल भित्ता सफा गर्न मिल्ने गरी कार्पेट वा टायल राख्नु पर्ने, एप्रोन सेतो प्रयोग गर्न, मुल्य सुचि राख्न, मासु खुल्ला नराखी बाकस बनाई झिंगा र धुलोले नभन्किने गरी राख्न, सरसफाईमा ध्यान दिन निर्देशन दियो ।
त्यस्तै बेख नारायण शाहीको मासु पसल भित्ता सफा गर्न मिल्ने गरी कार्पेट वा टायल राख्नु पर्ने, एप्रोन सेतो प्रयोग गर्न, मुल्य सुचि राख्न, मासु खुल्ला नराखी बाकस बनाई झिंगा र धुलोले नभन्किने गरी राख्न, सरसफाईमा ध्यान दिन निर्देशन दिएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनु भयो ।  
अनुगमनमा भक्तपुर नगरपालिका अनुगमन समितिका सदस्य श्यामकृष्ण खत्री, रोशनमैया सुवाल, ज्ञानबहादुर मानन्धर, सदस्य सचिव दिलिप कुमार सुवाल, भनपा श्यानिटेशन उपशाखाका व.नि. रामकृष्ण प्रजापति, जिल्ला प्रशासन कार्यालय, भक्तपुरका हरिहर काफ्ले, पशु सेवा शाखा भक्तपुरका पार्वती योञ्जन, राष्ट्रिय उपभोक्ता मञ्चबाट मनोज थापा, महानगरीय प्रहरी प्ररिसरका भगउर प्रसाद हरिजन र धरेलु कार्यालयका सितारम त्वायनाको सहभागी रहेको थियो ।

Comments