सिद्धि स्मृति अस्पतालमा आइतबारदेखि खोप सेवा सुरु


असोज २, २०७७, शुक्रबार | विहान ०२:१७ बजे | 15


भक्तपुर । भक्तपुरको भेलुखेलस्थित सिद्धि स्मृति अस्पतालमा सेवा सुरु भएको छ । आइतबार २१ जना स्वास्थ्यकमीहरुको कोरोना संक्रमित भएपछि सेवा बन्द गरिएको थियो । तर २१ जना कोरोना संक्रमित पुष्टि भएका स्वास्थ्यकर्मीहरुको पून पिसिआर परिक्षण गर्दा सबैजनाको पिसीआर रिर्पोट नेगेटिभ आएपछि सेवा सुचारु गरेका थिए ।
सिद्धि स्मृति महिला तथा बाल अस्पतालका प्रशासन प्रमुख अनिल राजभण्डारीले २१ जना स्वास्थ्यकर्मीको पून पिसीआर परिक्षण गर्दा सोमबार राति सबैको रिर्पोट नेगेटिभ आएको बताए ।  त्यसकारण अहिले खरिपाटीमा आइसोलेसनमा बसेका विरामीहरुको रिर्पोट त्यहाँ पठाएको जानकारी उनले गराए । त्यहाँको प्रक्रिया अनुसार एकदुईमा घर पठाउनुहुन्छ कि ? राजभण्डारीले भने ।
पहिला चाहि प्रादेशिक ल्याव धुलिखेलमा गराएका थियौं, उनल भने । पछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीमएल) टेकुमा परिक्षण गराएको उनले जानकारी गराए । सबै स्वास्थ्यकर्मीहरुको रिर्पोट नेगेटिभ आइसकेपछि अस्पतालको सबै डिर्पामेन्टहरु सरसफाई भइरहेको उनले जानकारी गराए । साथै उनले एर्मजेन्सी सेवा, फार्मेसी, ओपिडी सेवा दिन थालेको उनले बताए । उनले भाद्र ४ गतेदेखि खोप दिन पनि सुरु गर्ने भएको सुनाए ।
भक्तपुर जनस्वास्थ्य सेवा केन्द्रका इन्चार्ज रत्नसुन्दर लासिवाले ती २१ जना स्वास्थ्यकर्मीहरु १ हप्ता आइसोलेसनमा नै बस्नुपर्ने बताए । उनले भक्तपुर जनस्वास्थ्य केन्द्रसंगको सल्लाह अनुसार नेगेटिभ रिर्पोट आए पनि एकहप्ता आइसोलेसनमा नै बस्नुपर्ने बताए । होम आइसोलेसनमा बसेका स्वास्थ्यकर्मीहरुलाई  पनि घरमै बसिदनुहुन अनुरोध गरेको लासिवाले सुनाए ।
भक्तपुर भेलुखेलस्थित सिद्धि स्मृति महिला तथा बाल अस्पतालमा आइतबार २१ जना स्वास्थ्यकर्मीको कोरोना संक्रमित भएका थिए । ती संक्रमित रिर्पोट आएपछि ३ जना होम आइसोलेसनमा र १८ जना भक्तपुरको खरिपाटीका ेआइसोलेसनमा पठाइएको थियो ।



Comments