सहकार्य वढाउँंदै एवीसीडी खवर अनलाइन


असार ७, २०८०, बिहीबार | विहान ०९:०५ बजे | 75


सहकार्य वढाउँंदै एवीसीडी खवर अनलाइन

भक्तपुर । एवीसीडी खवर हामी सवैको खवर भन्ने नाराका साथ भक्तपुरबाट सञ्चालित लोकप्रिय अनलाइन एवीसीडी खवर डटकम डटएनपीले आफनो सहकार्य वढाउँंदै लगेको छ । भक्तपुर, काठमाडौं उपत्यका तथा देशका विभिन्न जिल्लाका पत्रपत्रिका, रेडियो, टिभी अनि अनलाइनहरुसँंग सहकार्य वढाउन थालेको हो । 
आफनो अनलाइनको विज्ञापन अरु मिडियाहरुमा र अरु मिडियाहरुको विज्ञापन आफनो मिडिया प्रकाशित गरेर दुईतर्फी सहयोगआदान प्रदान गरेको हो । पछिल्लो पटक भक्तपुरबाट विगत १२ वर्षदेखि निरन्तर प्रकाशित हुँंदै आएको डातापोल दैनिक पत्रिकासँंग सहकार्य गरेको हो । एवीसीडी खवर अनलाइन पढ्न पत्रिकाको अन्तिम पृष्ठमा विज्ञापन प्रकाशित हुन थालेको छ । 
यसअघि अनलाइनले पहिलो पटक भक्तपुरको सूर्यविनायक नगरपालिका दागाचा ननाबुमा रहेको रेडियो मस्तीसँग सहकार्य गरेको थियो । यो सहकार्य हालसम्म पनि कायमै रहेको छ । यसबाहेक पनि परिवर्तनशिल आवाज साप्ताहिक, ज्ञानखवर डटकम,न्यूज अपडेट भक्तपुर डटकम, काठमाडौंबाट नेपालभाषामा प्रकाशित हुँंदै आएको रंगिन पत्रिका लहना साप्ताहिकलगायतका देशका विभिन्न जिल्लाका मिडियाहरुसँंग सहकार्य जारी छ । साथै भक्तपुर एफएमसँंग पनि सहकार्यका लागि वार्ता जारी छ । 
पुनश्चः एवीसीडी खवर डटकम हाल केही प्राविधिक कारणले एवीसीडी खवर डटकम डटएनीमा सरेको छ ।  

फाेटाेमा हेर्नुहाेस्...

सहकार्य वढाउँंदै एवीसीडी खवर अनलाइन

Comments