गःपलीदेखि दोकाफल्चाको ढुंगा छपाई गर्न दोश्रो उपभोक्ता समिति बनाउन भेला


असार ५, २०८०, मङ्गलबार | दिउँसो १२:३४ बजे | 65


गःपलीदेखि दोकाफल्चाको ढुंगा छपाई गर्न दोश्रो उपभोक्ता समिति बनाउन भेला

भक्तपुर, ४ असार । गःपली टोल सुधार समितिको आयोजनामा गःपलीदेखि दोकाफल्चासम्मको ढुंगा छपाई बाकी कार्य गर्न दोश्रो उपभोक्ता समिति बनाउन स्थानीयहरुको भेला वडाध्यक्ष उपेन्द्र सुवालको अतिथ्यतामा सोमबार साईनिङ्ग स्कूलमा सम्पन्न भयो ।
कार्यक्रममा वडाध्यक्ष उपेन्द्र सुवालले असार ६ गतेदेखि नगरसभा अथवा बजेट अधिवेशन सुरु हुने भएकोले आर्थिक बर्ष २०८०÷०८१ को लागि बजेट बनाउन सुझाब संकलन गरि सकेपनि अझै आदर निकेटन, शिक्षा, स्वास्थ्य, विकास निर्माण, घरदैलो नर्सिङ सेवा लगायत नयाँ नयाँ केही योजनाहरु छ भने लिखित सुझाबहरु दिन सक्ने बताउँदै कृषक सुचिकरण भक्तपुर नगरभित्र सुरु भई सकेकोले सत्यतथ्य तथ्याङ्क दिन अनुरोध गर्नुभयो । उहाँले कृषक सुचिकरणले नगरभित्रका विभिन्न स्थानमा भएको खेत अनुसार कृषिलाई चाहिने रासायनिक मल र कृषि अनुदान लिन सहज हुने बताउनुभयो । उहाँले ख्वप विश्वविद्यालयको माग गरिरहेको बताउँदै ख्वप विश्व विद्यालय स्विकृति दिए मेडिकल कलेज खोलेर सस्तोमा डाक्टर पढाउने जसले सारा जनतालाई सेवा हुने साथै भक्तपुरका साँस्कृतिक गुरुहरुलाई प्रोफेसरको शैक्षिक योग्यता र बाजागाजा, चित्रकला, कलासंस्कृतिमा भएको शीप कला अनुसारको शैक्षिक योग्यताको मान्यता दिए त्यसबाट जीवन जीउन सक्ने बताउनुभयो । उहाँले उहाँले काठमाण्डौंका मेयरले काठमाण्डौंलाई सिगापुर बनाउने भन्दा भक्तपुर जस्तो बनाउने भनेर अनुशरण गर्नुको मुख्य कारण उपभोक्ता समितिबाट काम हुँदा जनताको श्रमदान प्राप्त हुने, सस्तो, बलियो, गुणस्तरीय विकास निर्माण हुनु नै हो भन्नुभयो । 
कार्यक्रम गःपली टोल सुधार समितिका अध्यक्ष रामकृष्ण प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा उहाँले गःपलीदेखि दोकाफल्चासम्मकोबाटो सा¥है नै विग्रेकोले यस टोल सुधार समितिको पहलमा थँथु दरवारको बजेत रकमान्तर गरी आधा बाटो मर्मत गर्न २० लाख रुपैंयाबाट काम भई रहेकोमा सबै काम सम्पन्न हुन नसक्ने भएपछि थप रकम साढे ९ लाख बजेट राखिदिएकोले सोको लागि छुट्टै उपभोक्ता समिति आवश्यक भएकोले आजको भेला राखेको बताउनुभयो । उहाँले जनताको तर्फबाट थप आर्थिक सहयोगको लागि सबैको सहयोग आवश्यक भएको बताउँदै आफ्नो ठाउँमा आफै बाटो गुणस्तर बनाउन सहयोग गर्न अनुरोध गर्नुभयो । 
कार्यक्रममा पहिलो गपलीदेखि दोकाफल्चासम्मको ढुंगा छपाई कार्य उपभोक्ता समितिका अध्यक्ष रविन छुस्याकीले अहिलेसम्म भएको कार्य विवरण सुनाउँदै पुरै बाटो ५९५ फिट लम्बाईमा ३५० फिटसम्म उक्त रकमले सकिने बाकि २४५ फिट बनाउन थप बजेट विनियोजन भए अनुसार उपभोक्ता समिति गठन गरी कार्य गर्नुपर्ने बताउनुभयो ।
भेलाले संगिता शुद्धकारको अध्यक्षतमा सात सदस्यीय उपभोक्ता समिति गठन गरियो । सचिवमा अष्टलक्ष्मी श्रेष्ठ, कोषाध्यक्षमा रेणु शिल्पकार, सदस्यहरुमा राजकुमार शाही, प्रभु हाडा, श्रीराम सुवाल, ईश्वर हाडा रहेको छ भने अनुगमन समिति वडाध्यक्ष उपेन्द्र सुवालको संयोजकत्वमा सदस्यहरुमा कृष्णसुन्दर प्रजापति, पुरुषोतम सुजखु र लक्ष्मी कलम दुवाल रहेको छ ।  

Comments