नगरकोटको चर्चित झोंलुगे पुल मुनि लाश फेला


असार ४, २०८०, सोमबार | विहान ०७:१० बजे | 60


नगरकोटको चर्चित झोंलुगे पुल मुनि लाश फेला

भक्तपुर । भक्तपुरको चर्चित एउटा झोलुंगे पुल मुनि सोमबार एकजना पुरुषको लाश फेला परेको छ । जिल्लाको चाँंगुनारायण नगरपालिका नगरकोटस्थित बास्तोला गाउँं बनपधेरो जोड्ने झोलुंगे पुल मुनि अन्दाजी ३० पैतीस वर्षको देखिने पुरुषको लाश फेला परेको हो । 
यो पुल हालै (झण्डै एक महिना अघि) पूर्व मन्त्री एवं एमाले नेता महेश वस्नेतबाट उदघाटन भई सञ्चालनमा आएको थियो । चाँंगुनारायण नगरपालिकाका पूर्व मेयर सोम मिश्रबाट शिलान्यास भएको पुल हालै सञ्चालनमा आएको थियो । पुल सञ्चालनमा आएपछि त्यहाँं दैनिक सयौं आन्तरिक पर्यटकहरु जाने गरेका छन् । 
पुलबाट खसेर दुर्घटना भएको हो वा अन्य केही भएर यसको खोजी कार्य भने जारी रहेको छ । प्रहरीले घटना सत्य भएको र अनुगमनका लागि इन्सपेक्टरको टोली पुगेको जनाएको छ । 

Comments