के हो भौतिक निर्माणमा ‘गो ग्रीन’ ? के छ यसको महत्व ?
असार ३, २०८०, आइतबार | दिउँसो ०१:४५ बजे | 20
काठमाडौं । भौतिक निर्माणमा अव गो ग्रीन (वातावरणमैत्री निर्माण) लाई विशेष ध्यानदिनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । झण्डै सात वर्षदेखि निर्माणमा गो ग्रीनको अवधारणालाई अघि सार्दै आएका व्यवसायी एवं इन्जिनियर कृष्णभक्त दुवाललगायतको अवधारणा अनुसार उपत्यकालाई जोगाउन अव यो धारणालाई विशेष ख्याल गर्नुपर्ने उनीहरुले बताए ।
काठमाडौंलाई बसोबासयोग्य सहर बनाउने अभियान अन्तर्गत आइतबार राजधानीमा भएको कार्यक्रममा उनीहरुले काठमाडौं उपत्यकामा वढ्दो जनसंख्या तथा अनियन्त्रित विकास निर्माणले सहर नै अस्तव्यस्त बनेकोमा चिन्ता व्यक्त गरे । यही तथ्यलाई मध्यनजर गरी इन्जिनियर्सहरुले काठमाडौंलाई बसोबासयोग्य सहर बनाउने अभियानको थालनी गर्नुपर्ने बताए ।
अस्तव्यस्त काठमाडौं र यहाँं बसोबास गर्ने सबै उपत्यकाबासी एवं आगन्तुकहरु समेतलाई सबै दृष्ट्रिकोणवाट दिगो र वस्न लायक शहरको रुपमा विकसित गर्नु आजको चुनौती रहेको छ, कार्यक्रममा सहभागी विज्ञहरुले भने, यसै सन्दर्भमा उपत्यकावासीहरुले भोग्नु परेका बहुआयामिक समस्याहरुको पहिचान र तिनका समाधानका उपायबारे विस्तृत छलफलको शुरुवात गर्न थालौं । यही उदेश्यले पहिलो महत्वपूर्ण कार्य थालनीको रुपमा बसोबासयोग्य काठमाडौं सहर विषयमा आइतवार बृहत अन्तक्रिया कार्यक्रम आयोजना गरीएको हो ।
कार्यक्रममा एसियाली विकास बैंकका पूर्व उपाध्यक्ष डा. बिन्दुनाथ लोहनीले प्रमुख वक्ताको रुपमा बसोबासयोग्य काठमाडौं उपत्यका विषयमा विशेष कार्यपत्र प्रस्तुत गरेका थिए । यस विषयमा अन्य बहुआयामिक पक्षवारे भविष्यमा विभिन्न कार्यक्रम संचालन गरी समष्टिगत रुपमा निक्यौलको रूपमा तयार हुने प्रतिवेदनलाई सबै राजनैतिक, योजनाविद तथा सरोकारवालाहरुसँग अन्तक्रिया गर्ने उदेश्य राखिएको छ ।
कार्यपत्र उपर शहरी विकास मन्त्रालयका सचिव ई.रवीन्द्रनाथ श्रेष्ठ, काठमाडी उपत्यका विकास प्राधिकरणका नायव विकास आयुक्त ई नवराज प्याकुरेल, नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुगतरत्न कंसाकार, वरिष्ठ सहरी योजनाकार ई उमेशबहादुर मल्ल, नास्टका पूर्व उपकुलपति डा अजिवराज पोथेललगायतले टिपण्णी गरेका थिए । कार्यक्रमको सभापतित्व सचिव पूर्णप्रसाद कडरियाले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि शंकरनाथ रिमाल रहेका थिए ।
कार्यक्रम देमोक्रेटिक इंजिनियसे एलाइन्सको आयोजनामा भएको थियो । दुई चरणमा भएको कार्यक्रमको पहिलो चरणमा देमोक्रेटिक इंजिनियसे एलाइन्स स्थापनाको औपचारिक घोषणा गरिएको थियो । इन्जिनियरहरूले ‘राष्ट्र निर्माणमा समर्पित’ भन्ने नारासहित एलायन्सको घोषणा गरेको थियो ।
कार्यक्रममा एलाइन्सका अध्यक्ष ई. ध्रुप थापाले काठमाडौं उपत्यकामा बढ्दो जनसंख्या तथा अनियन्त्रित विकास निर्माण कार्यबाट बसोबास गर्ने सबै उपत्यकावासीलाई प्रभाव परिरहेको विषयमा ध्यान दिएर अभियान सुरु गरेको बताए । ‘दिगो र बस्नलायक सहरको रुपमा विकसित गर्नु आजको चुनौती रहेको छ,’ अध्यक्ष थापाले भने, यही चुनौतीसँंग सामान गर्न हामीले अभियान थालेका हौं । राष्ट्रको विकासमा क्षमता प्रदान र सहयोग गर्ने सबै सरोकारवालाबीच समन्वयात्मक सहकार्य गरी अघि बढ्न अभियान सुरु गरेको अध्यक्ष थापाले बताए । ‘विभिन्न विधामा अनुभव हासिल गर्नका लागि बरिष्ठ इन्जिनियर तथा मूल पुस्ताको ज्ञानलाई समेत समायोजन गर्दै जाने उद्देश्यले अभियान सुरु गरेको थापाले बताए ।
काठमाडौं उपत्यकालाई बस्नलायक सहर बनाउनका लागि पहिलो चरणको छलफल गरेको हो, उनले भने । कार्यक्रममा एसियाली विकास बैंकका पूर्वउपाध्यक्ष डा. विन्दुनाथ लोहनी प्रमुख वक्ताको रुपमा सहभागी भएका थिए । कार्यक्रममा आधा दर्जन विज्ञहरुले काठमाडौं उपत्यकाको विकासका सम्बन्धमा आफ्नो धारण राखेका थिए ।
राष्ट्रको सर्वाङ्गिण विकासमा अथक प्रयासरत ईन्जिनियरहरूको क्षमतामा सहभागीतालाई मनन गर्दै विकास निर्माण कार्य गुणस्तरीय र समयावधिभित्र सम्पन्न गर्न सरोकारवालाहरुकाविच समन्वयात्मक सहकार्यको मुलभूत सिद्धान्त अगाडि वढी पेशागत कार्यमा टेवा पुयाउने उदेश्यले विभिन्न विधामा अनुभव हासिल गरेका वरिष्ठ इन्जिनियर तथा युवा पुस्ताको शिप ज्ञानलाईसमेत समायोजन गर्दै जाने उद्देश्यले पुर्णतया गेहराजनैतिक अवधारणा तथा प्रतिवद्धताबाट अभिप्रेरित भई राष्ट्र निर्माणमा समर्पित मुल नारासहित संस्था खोलेको अध्यक्ष ई. ध्रुवराज थापाले बताए । संस्थाले हाल नेपालभर रहेका इन्जिनियर विधासंग सम्बन्धित सबै प्रकारका संघ संस्थाहरुसँग आवश्यकता अनुसार सहकार्य गर्दै इन्जिनियरहरुको भूमिकालाई अझै शसक्त बनाउदै राष्ट्र निर्माणमा योगदान पुयाउने उदेश्यमा सम्पुर्ण ईन्जिनियर तथा अन्य सरोकारवालाहरुको सहयोगलाई अग्रणी प्राथमिकतामा राखी अघि बढ्ने उद्देश्य राखिएको उनले जनाए ।
फाेटाेमा हेर्नुहाेस्...