अन्तराष्ट्रिय अग्रज दुव्र्यवहार दिवस


असार २, २०८०, शनिबार | विहान ०१:२५ बजे | 60


अन्तराष्ट्रिय अग्रज दुव्र्यवहार दिवस

प्रताप राना 

काठमाडौं । जुन १५ को दिन संयुक्त राष्टसंघको आह्वानमा विश्वका अनेकौं मुलुकहरुमा विभिन्न कार्यक्रमहरु सञ्चालन हुने गर्दछ । यस क्रममा काठमाडौं उपत्यकाका तीन जिल्लाहरु रहनुभएका जेष्ठ नागरिकहरुको यस दिवसबारे उहाँंहरुको विचार अभिमत संकलन गर्न एवीसीडी संवाददाता प्रताप रानामगरले रिपोटिंग गर्नुभयो । 

सर्वप्रथम काठमाडौं नगर ३२ पुतलीसडक निवासी ८४ वर्षीय भूगोलविद् लेखक श्री चन्द्रमान प्रधानज्यू, भक्तपुर नगर ४ वस्नु हुने ८२ वर्षीय साहित्यकार लेखक डा इन्दुल केसी, ललितपुर नगर पुल्चोक निवासी वरिष्ठ समाजसेवी, जेष्ठ नागरिक नागरिक कोषका निवर्तमान प्रथम सभापति ८१ वर्षीय श्री रामकृष्ण कर्माचार्यज्यू र ललितपुर निवासी डाइनामिक वचत तथा श्रृण सहकारी संस्थाका अध्यक्ष ७० वर्षीय श्री पुष्पप्रसाद श्रेष्ठज्यूले यस दिवसको सान्दर्भिकताबाारे आआफनो विचारहरु प्रस्तुत गर्नुभएको छ । उहाँंहरुको विचारमा हाम्रो राष्टको कला, संस्कृति, परम्परा अनुसार जेष्ठ नागरिकहरुलाई देवतुल्य मानेर श्रद्धापूर्वक आदर, सम्मान, सेवा गर्ने प्रचलन रहिआएको छ । ८४ वर्ष पुगेपछि जंको, भीमरथारोहणसमेत गरी सम्मान गर्ने नेपालको परम्परा हो । तर हालको समयमा यस्ता जेष्ठ नागरिकहरुलाई कतिपय ठाउँंमा दुव्र्यवहार गर्ने, अपमान गर्ने जस्तो घटनाहरु घटिरहेका समाचारहरु सञ्चारमाध्यमहरुमा आइरहेका छन् । खासगरी पैतृक सम्पतिको लुछाचुँंडी गर्ने, जेष्ठ नागरिकहरुलाई नेपालमा एक्लो छोडी विदेशिने प्रचलन पनि व्यापक रुपमा वढिरहेको छ । हुन त सरकारले जेष्ठ नागरिकहरुको हितको लागि भनी विभिन्न प्रकारका ऐन नियमहरु बनाई केही मात्रामा भए पनि जेष्ठ नागरिक भतासमेत प्रदान गर्ने गरिआएको छ । तर हिजोआजको महँंगीमा निसाहय यस्ता जेष्ठ नागरिकहरुले सरकारबाट प्रदान गरिएका अति न्यून रकमले गुजारा गर्न मुश्किल परिरहेको छ । 

मानसिक रुपमा, शाररीक रुपमा अशक्त भएका धेरै नेपालीहरुलाई नाना प्रकारको दुव्र्यवहार भइरहेको पाइन्छ । तसर्थ यो दिवसको महत्वलाई बुझेर सरकारीस्तर, विभिन्न सामाजिक संघसंस्थाहरु आफनै परिवारजनहरुसमेतबाट जेष्ठ नागरिकहरुप्रति दुव्र्यवहार होइन, सदव्यवहार गर्ने नेपाली मात्रको कर्तव्य र दायित्व वोध हुनु जरुरी छ ।   


Comments