भुटानी शरणार्थी प्रकरण ः खाँंण, रायमाझीसहितलाई थुनामा राख्न आदेश
असार १, २०८०, शुक्रबार | दिउँसो १२:३९ बजे | 45
काठमाडौ । जिल्ला अदालत काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न शुक्रबार आदेश गरेको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुई साता लामो थुनछेक बहसपछि लक्ष्मी महर्जनसहित दुई जनालाइै भने धरौटीमा छाड्ने आदेश गरेको छ । ठूला नेतालाई थुनामा राख्न आदेशसँंगै जनतामा सन्तोषको सास फेरेको महशुश गरिएको छ ।