रास्वपाको टोलीले भेट्यो सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापासँंग
असार १, २०८०, शुक्रबार | विहान ०८:१५ बजे | 50
भक्तपुर, असार १
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भक्तपुरको सूर्यविनायक नगरपालिकाका प्रमुखसँंग शुक्रबार भेटघाट गरी परिचयात्मक कार्यक्रम गरेको छ ।
भेटमा आफूहरु देशकै चौथौं ठूलो दल भएकोले नगरपालिकाको हरेक नगर बैठकमा प्रतिनिधित्व पाउनुपर्ने माग राखेको छ । राष्टिय स्वतन्त्र पार्टी सूर्यविनायक नगर समितिले शुक्रबार सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले भेटी सूर्यविनायक नगरपालिकाको बैठकमा आफुहरुले पनि प्रतिनिधित्व पाउनुपर्ने माग गरेको हो । यसअघि पनि राष्टिय स्वतन्त्र पार्टीले जिल्लाका विभिन्न नगरपालिकाहरुमा प्रतिनिधित्वको माग गर्दै आएको छ ।
भेटघाटमा पार्टीका सूर्यविनायक नगर समिति अध्यक्ष मनोज केसीले समसामयिक विषयमा मेयर थापाको ध्यानाकर्षण गराए । केसीले आफूहरुसँंग पनि सल्लाह गरेर मात्रै अगाडि वढ्न सुझाब दिंदै नगरका विभिन्न बेथितिहरुबारे जानकारी गराए । उनले नगरपालिकाले दिने कृषि अनुदान धेरै कृषकहरुले नपाएको, दिएको कृषि अनुदान नक्कली दिएर नगरपालिकाले भ्रष्टाचार गरेको आरोप लगाए । त्यस्तै नगरपालिकाको मापदण्डविपरित भएको विषयमा पनि ध्यानाकर्षण गराइयो । भेटघाटमा पार्टीका नगर सदस्य रामकृष्ण देउजा, जनक कार्की, सुसान्त डोटेल, अनिल खागीलगायतका नेताहरुले नगरको योजनालगायतका विषयमा नगर प्रमुखको ध्यानाकर्षण गराए ।
भेटमा नगर प्रमुख थापाले यो वर्षको बजेटबाट नगरमा धेरै विकास निर्माणका कामहरु भइरहेको जानकारी गराए । यो वर्षभित्र नै अपुरा धेरै विकास निर्माणका कामहरु सम्पन्न हुने जानकारी उनले टोलीलाई गराए ।
स्वतन्त्र पार्टीको जिल्ला समिति यसअघि नै गठन भइसकेको छ । साथै चार वटा नगरपालिका रहेको भक्तपुरमा तीन वटा नगरपालिकाहरुमा नगर समिति गठन भइसकेको छ । सूर्यविनायक, चाँंगुनारायण र मध्यपुर थिमि नगर समिति गठन गरेको हो । बाँंकी भक्तपुर नगर समिति पनि छिटै नै गठन गर्ने योजना रहेको जनाइएको छ । साथै नगर समिति गठन भएका नगरहरुमा वडा समिति गठनको कामहरु पनि धमाधम भइरहेको जनाएको छ ।
फाेटाेमा हेर्नुहाेस्...