महिलालाई आत्मनिर्भर बनाउन सीपमुलक तालिम
असार १, २०८०, शुक्रबार | विहान ०५:०९ बजे | 30
भक्तपुर । सुर्यविनायक नगरपालिका - २ र सुमाज व्युटिपार्लर एन्ड ट्रेनिङ सेन्टरको सहकार्यमा आधरभुत व्युटिसियन तालिम सम्पन्न भएको छ । सुर्यविनायक नगरपालिका नगर प्रमुख बासुदेब थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम समापन गरिएको हो । कार्यक्रममा बाेल्दै मेयर थापाले महिला दिदि बहिनिहरुका लागि सिपमुलक तालिमले आत्मनिर्भर बन्न सघाउने बताउनु भयाे । कार्यक्रममा सुमाज व्युटिपार्लरका सँस्थापक अध्यक्ष एवम् प्रशिक्षक सरस्वती घिमिरेले तालिममा सहभागी प्रशिर्क्षार्थीहरू निकै मेहेनती रहेकाे र सोचे भन्दा राम्रोसँग सिकाई भएकाले आगामी दिनमा सीपकाे उपयाेग गरि आय आर्जनमा आत्मनिर्भर हुने विश्वाश व्यक्त गर्नु भयाे । वडा अध्यक्ष प्रदिप कार्कीले महिलाहररूको क्षमता अभिवृद्धि गर्न, आत्मनिर्भर, आयआर्जन र स्वरोजगारका लागि महिला लक्षित तालिम आयाेजना गरिएकाे बताउनु भयाे । तालिममा थ्रेडिङ, क्लिजिङ, रोलर सेटिङ, मेनिक्योर, पेडिक्योर, स्याम्पु वास, मेक अप, जुरो, हर्बलड्राइ, हातमा मेहेन्दी, हेयर कटिङ्गमा प्रशिक्षण लगायत सीपकाे तालिम दिइएकाे थियाे ।
फाेटाेमा हेर्नुहाेस्...