बुझाईयो चारैवटा स्थानीय निकायमा राय तथा सुझाव
जेठ ३१, २०८०, बुधबार | विहान ०८:०६ बजे | 25
भक्तपुरका विभिन्न निजी व्यवशायीहरुको छाता संगठन भक्तपुर घरेलु तथा साना उद्योग संघ ,भक्तपुर चेम्बर अफ कमर्श लगायत विभिन्न बस्तुगत संघहरुले संयुक्त रुपमा भक्तपुरका चारैवटा स्थानीय निकायमा आगामी आर्थिक बर्ष २०८० र ८१ को निति तथा कार्यक्रम एव बजेटमा समेट्नु पर्ने बिषयक सुझावहरु बुझाईयो । विषेश गरी सम्बन्धित निकायमा संचालनमा रहेका उद्योग व्यवशायको तथाङ्क, कोरोनाका कारण धरासायी भएका सम्बन्धित निकायमा संचालनमा रहेको उद्योग व्यवशायलाई कर छुट, कृषि बिमा, चिस्यान केन्द्रको स्थापना, व्यवश्थित तरकारी बजार, सस्कृति सम्पदा पदयात्रा ,लघु ,घरेलु तथा साना उद्योगलाई आन्तरीक तथा वाह्य पर्यटकसँग जोड्न गो लोकल कार्यक्रम ,हाट बजार ,मेला महोत्सव, स्थानीय उद्यमीहरुद्धारा उत्पादित बस्तु तथा सेवाहरुलाई एकैथलोमा राखि विक्रि वितरण गर्ने उद्देश्यले कोशेली घरको स्थापना, रैथाने उत्पादनलाई पहिचान तथा संरक्षण ,घरायसी रक्सीलाई कानुनी दायरामा ल्याउनु पर्ने ,पार्टी प्यालेसबाट निस्केका फोहरलाई जैविक मल बनाउनु पर्ने, घरेलु तथा साना उद्योग प्रवर्द्धन गठन गरी निजी क्षेत्रलाई समेट्नु पर्ने ,ढक तराजुको नापतौलको डोर सम्बन्धित निकायमा ल्याउन पहल गर्नुपर्ने ,खाद्यन्न गुणस्तर विभागको एकाई गठन गर्नुपर्ने, उद्यमी व्यवशायीहरुलाई नगरपालिकाको सहकार्यमा विभिन्न बैकहरुबाट सहुलियत व्याजदरमा ऋणको सुविधा तथा ठुला एव साना करदातालाई व्यवशायको प्रकृति हेरी पुरस्कृत गर्नु पर्ने जस्ता विभिन्न २५ बुदाहरु समेति राय तथा सुझाव पेश गरियो ।
सो सुझाव पेश गर्नुहुने संघ सस्थाहरुमा भक्तपुर
घरेलु तथा साना उद्योग संघ भक्तपुर चेम्वर अफ कमर्श भक्तपुर पर्यटन व्यवशायी संघ
भक्तपुर जु जु धौ व्यवशायी संघ भक्तपुर हस्तकला संघ भक्तपुर विद्युतीय व्यवशायी
संघ भक्तपुर किराना तथा खाद्यन्न व्यवशायी संघ भक्तपुर क्याटरिङ्ग तथा पार्टी
प्यालेस संघ राष्ट्रिय उपभोक्ता मन्च राष्ट्रिय कृषक महासंघ लगायत रहेका छन् ।