भोलि विहान भक्तपुरमा साइकल यात्रा हुने
जेठ ३०, २०८०, मङ्गलबार | दिउँसो ०३:३१ बजे | 50
भक्तपुर । भोलि बुधबार विहान भक्तपुरमा साइकल यात्रा हुने भएको छ । यात्रा विहान ६ बजे नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दूधपाटी भक्तपुरबाट सुरु हुने छ । साइकल यात्रा भक्तपुरका विभिन्न सहरहरुको परिक्रमा गरी दूधपाटीमै पुगेर टुंगिने छ । यात्रा ८ किलोमिटरको रहने जनाइएको छ ।
यात्रापछि दूधपाटीमा रक्तदान कार्यक्रम हुने जनाइएको छ । रक्तदानमा १८ वर्षका १८ जना नवयुवाहरुले रक्तदान गर्ने योजना राखिएको छ । कुल ५० जना भन्दा वढीले रक्तदान गर्ने आशा राखिएको छ । यी दुवै कार्यक्रम विश्व रक्तदाता दिवस जुन १४ को उपलक्ष्यमा नेपाल स्वयंसेवी रक्तदाता समाज भक्तपुर जिल्ला कमिटी, नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले गर्न लागेको हो ।
फाेटाेमा हेर्नुहाेस्...