वैदेशिक रोजगारीमा जाने मन छ ? सल्लाघारीमा केयर गिभर तालिममा जानुहोस्


जेठ २९, २०८०, सोमबार | दिउँसो १२:०५ बजे | 50


वैदेशिक रोजगारीमा जाने मन छ ? सल्लाघारीमा केयर गिभर तालिममा जानुहोस्

भक्तपुर । सामान्यतयाः हरेक घरपरिवारमा वुढाबुढी उमेरका जेष्ठ नागरिक हुन्छन् नै । तर यस्ता जेष्ठ उमेरमा पुगिसकेका बुढाबुढीहरुको स्याहारसुसार घरमा कसरी गर्ने भनेर धेरैलाई राम्रो जानकारी नहुन सक्छ । यही जानकारी लिनका लागि भक्तपुरका एक हुल युवायुवती स्याहारकर्ता (केयर गिभर) तालिम लिंदै छन् । एलाइट हेल्थ केयर एण्ड रिसर्च सेन्टर सृजनानगर १ भक्तपुरमा उनीहरु दैनिक तालिम दिनमा व्यस्त भएका हुन् । 
एलाइट हेल्थ केयर एण्ड रिसर्च सेन्टर सृजनानगर १ भक्तपुरकी संस्थापक अध्यक्ष अमृत्यश्वरी सुवाल घरघरमा हुने जेष्ठ उमेरको स्याहारसुसार जे आयो त्यो तरयो भन्ने नेपाली उखान जस्तै भइरहेकोमा दुःख विसाइन् । ‘वुढाबुढीलाई स्याहार्ने वैज्ञानिक अनि व्यवहारिक सीपहरु हुन्छन्, एक दसकभन्दा वढी समय इजराइल देशमा केयर गिभरमा काम गरेर नेपाल फर्केकी एवं सिद्धि स्मृति बृद्धा आश्रम भेलुखेल भक्तपुरकी पूर्व प्रमुख नर्सिग इन्चार्ज वीएन (व्याचुलर इन नर्सिग) की अमृत्यश्वरी सुवाल भन्छिन्, बुढाबुढी स्याहार्ने यस्तो सीप हरेक घरघरमा कम्तीमा पनि एकजना सिक्नैपर्ने हुन्छ ।’ यद्यपि नेपालमा यसको महत्व नबुझेको भन्दै महत्व बुझाउन आफू अहोरात्र खटिरहेको उनी सुनाउँंछिन् । 
एलाइट हेल्थ केयर एण्ड रिसर्च सेन्टर सृजनानगर १ भक्तपुरका प्रोपाइटर रामबाबु राउतका अनुसार यो कोर्ष सीटीईभीटीईसँंग सम्वन्धित हुन्छ । उनका अनुसार यो कोर्ष तीन महिनाको हुन्छ । यसका साथसाथै बुढाबुढीको उचित र वैज्ञानिक स्याहारसुसारका लागि सीटीईभीटीईको नै वारिस्ता (कफी मेकिंग एण्ड सर्भिस) र हाउस किपिंग सर्भिस तालिम पनि रहेको राउत सुनाउँंछन् । इजरायलमा यही क्षेत्रमा १५ वर्षको अनुभब बटुलेर आएका राउत विकशित अविकशित सवै देशका परिवारका एक न एक सदस्य यस विषयमा जानकारी राखीरानुपर्ने आवश्यकता औंल्याउँंछन् । हरकेका घरमा हुने वुढाबुढी स्याहार्ने क्रममा जानेर वा नजानेर हरेक गल्तीहरु भइरहेका हुन्छन्, उनले भने, त्यही गल्ती हुन नदिई राम्ररी हेरचाहका लागि यसको महत्व अझ धेरै छ ।’ तालिम लिनका लागि महिलाहरु मात्रै नभई पुरुषहरु पनि उतिकै आउने गरेको उनले सुनाए । 

केयर गिभर तालिम लिइसकेपछि विदेशी देशहरुमा गएर पनि अवसर थुप्रै पाइने भएकाले एकथरी युवायुवतीको आकर्षण यसप्रति रहेको देखिन्छ । विदेश पढ्न जाँंदा पनि पार्टटाइमरको रुपमा केयर गिभरको काम गर्न सकिने भएकोले विदेश जाने योजनामा रहेकाहरुले पनि यसको तालिम लिन आउने गरेको जनाइएको छ । काठमाडौंसँंग जोडिएको चार वटा नगरपालिका रहेको भक्तपुरमा यो नै पहिलो र एउटै मात्रै केयर गिभर तालिम सेन्टर रहेको दावी गरिएको छ ।

फाेटाेमा हेर्नुहाेस्...

वैदेशिक रोजगारीमा जाने मन छ ? सल्लाघारीमा केयर गिभर तालिममा जानुहोस्

Comments