नेकपा एस भक्तपुरको अध्यक्षमा पुनः श्याम वस्नेत निर्वाचित


जेठ २८, २०८०, आइतबार | विहान ०२:२० बजे | 45


नेकपा एस भक्तपुरको अध्यक्षमा पुनः श्याम वस्नेत निर्वाचित

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) को भक्तपुर जिल्ला समितिमा पुनः श्याम वस्नेत निर्वाचित भएका छन् । शनिबार राति सकेको पार्टीको प्रथम भक्तपुर जिल्ला अधिवेशनबाट वस्नेतको अध्यक्षतामा ६५ सदस्यीय नयाँं कार्यसमिति निर्वाचित भएको हो । 
नवनिर्वाचित समितिको उपाध्यक्षमा प्रेमनन्दलाल श्रेष्ठ, महिला उपाध्यक्षमा शुशीला श्रेष्ठ निर्वाचित भए । साथै सचिवमा पुरुषोतम लामिछाने निर्वाचित भए । साथसाथै सहसचिवहरुमा रामगोपाल चगुठी, नमराज ढुंगाना र शोभा श्रेष्ठ चुनिए । 
अधिवेशनको उदघाटन पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधबकुमार नेपालले गर्नुभएको थियो । नवनिर्वाचित वस्नेत यसअघि पनि पार्टी जिल्ला संयोजक थिए । 

फाेटाेमा हेर्नुहाेस्...

नेकपा एस भक्तपुरको अध्यक्षमा पुनः श्याम वस्नेत निर्वाचित

Comments