सानोठिमीका सडकछेउका रुखहरुको कटान सुरु (फोटो फिचरसहित)
जेठ २६, २०८०, शुक्रबार | दिउँसो ०१:०१ बजे | 75
सानोठिमी । मध्यपुर थिमि नगरपालिका वडा न २ स्थित एसओएस बालग्रामबाट मगरगाउ जाने बाटोमा पर्ने १५ वटा रुखहरुको कटान बुधबारदेखि सुरु भएको छ । उक्त सडक खण्डको राष्ट्रिय परिक्षा बोर्डको पर्खालसंग जोडिएको बाटो किनारमा रहेको १५ वटा जिर्ण रुखहरु काट्न थालेको हो ।
“जोखिमपुर्ण अबस्थामा रहेका करिब १५ वटा रुखहरु बाट कुनै मानबिय तथा भौतिक क्षति नहोस भन्ने उ्द्देश्यले रुख काटन लागेको हो, “डिभिजन बन कार्यालय भक्तपुरका नि डिभिजन बन अधिकृत प्रेम प्रसाद सापकोटाले बताउनुभयो ।
शुक्रबार बिहान ८ बजेदेखि रुख कटान कार्य शुरु भएको हो । रुख कटान सकिन करिब ७ दिन लाग्ने र सो अबधिमा उक्त बाटोमा आवतजावत बन्द गरिएको छ । सवारीसाधन मात्रै वन्द गरिए पनि मानिस भने हिड्दुल बन्द गरिएको छैन । शुक्रबार पाँंच वटा रुखहरु काटिएका छन् ।
फाेटाेमा हेर्नुहाेस्...