नागरिकता संवेदनशील भएकोले मानवतावादी दृष्टिकोण र महिला–पुरुषको आधारमा समानताको सिद्धान्त लागू गर्न नहुने
जेठ २५, २०८०, बिहीबार | विहान ०७:४४ बजे | 50
कञ्चन किसी
भक्तपुर । ख्वप मा.वि., ख्वप कलेज, शारदा क्याम्पस र ख्वप कलेज अफ लमा कार्यरत शिक्षक तथा कर्मचारीहरूबिच ‘समसामयिक राजनीति र अन्तर्राष्ट्रिय परिस्थिति’ विषयमा बुधबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे“ (रोहित) ले नागरिकता अत्यन्त संवेदनशील भएकोले नागरिकताको सम्बन्धमा मानवतावादी दृष्टिकोण र महिला–पुरुषको आधारमा समानताको सिद्धान्त लागू गर्न नहुने धारणा राख्नुभयो ।
राष्ट्रपति भण्डारीबाट प्रमाणीकरण भएको नागरिकता विधेयक लागू भएमा विदेशी मूलकाहरू बहुमत हुन जाने, स्ववासी नेपालीहरू अल्पमतमा पर्ने र अन्ततः नेपालीहरू समाप्त हु“दै जाने खतरा अध्यक्ष बिजुक्छे“ले औ“ल्याउनुभयो ।
गैरआवासीय नेपाली नागरिकलाई दोहोरो नागरिकता दि“दा त्यसको गलत प्रयोग हुने धारणा राख्दै उहा“ले भन्नुभयो, “आफूलाई फाइदा हु“दा उनीहरू नेपाली भएर आउनेछन्† देशलाई समस्या पर्दा विदेशी भनेर पन्छिने छन् ।”
अध्यक्ष रोहितले स्पष्ट पार्दै भन्नुभयो, राजधानीमा धेरै बुद्धिजीवीहरू बस्छन्† तर देशघाती नागरिकता प्रमाणीकरण हु“दासमेत तिनीहरू विरोधमा उत्रेनन् । यसको अर्थ तिनीहरूमा राजनीतिक ज्ञान र संस्कारको अभाव छ या त तिनीहरू स्वार्थमा फसेका छन् ।”
हजारौ“–लाखौ“ देशभक्त नागरिक भए मात्र देश जोगाउन सकिने अध्यक्ष बिजुक्छे“ले बताउनुभयो ।
बारा, पर्सा, रौतहट र सप्तरी जिल्लाको किसान आन्दोलनबारे जानकारी गराउ“दै उहा“ले अहिले पनि त्यस्तो आन्दोलन गर्नु आवश्यक भएको उल्लेख गर्नुभयो ।
हिमाल, पहाड र तराईका सर्वसाधारण जनताको जीवन र दुःखबारे थाहा पाउन भौगोलिक अध्ययन र देशको कुना कन्दराको स्थलगत भ्रमण आवश्यक भएको उहा“ले बताउनुभयो ।
अध्यक्ष रोहितले भन्नुभयो, “शासक पार्टीका मन्त्रीहरू कमिसन खानमै केन्द्रित छन् । समाजवादी देशले उपहारस्वरूप बनाइदिएका कलकारखानाहरू पु“जीपतिवर्गलाई कौडीको मोलमा बेचेर तिनीहरूले देशलाई मागिखानेको स्थितिमा पु¥याए । भारतीय विस्तारवाद रिसाउला भन्ने चिन्ताले र कमिसन खान नपाइएला भनेर नै शासक पार्टीहरूले नेपालमा रासायनिक मल कारखाना स्थापना नगरेका हुन् ।”
जनता धनी नबनेसम्म देश धनी नबन्ने भएकोले देशमा रासायनिक मल कारखाना स्थापना गरी उत्पादन बढाउनु अहिलेको आवश्यकता भएको उहा“ले बताउनुभयो ।
अध्यक्ष रोहितले भन्नुभयो, “पद र पैसालाई महŒव नदिई निःस्वार्थपूर्वक देश र जनताको सेवा गर्ने भावनाले काम गरेमा कममात्र गल्ती हुनेछ ।”
जाति, भाषा, धर्मको आधारमा उग्र गतिविधि गर्नु फासीवादी चरित्र भएको उहा“ले बताउनुभयो ।
अध्यक्ष रोहितले भन्नुभयो, “नेमकिपाले पार्टीको सिद्धान्तविपरीतको गतिविधि कहिल्यै गरेको छैन । समाजवादी विचार प्रचार गरी देशभरका व्यापक सर्वसाधारण जनतालाई राजनीतिकरूपमा सचेत पार्ने उद्देश्यले नेमकिपाले ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिक प्रकाशित गरिरहेको छ† पार्टीका वर्गीय स·ठनका प्रकाशनहरूमार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिबारे पार्टीको दृष्टिकोण प्रचार भइरहेको छ ।”
कार्यक्रमका सभापति एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता प्रमाणीकरणको विवाद नेपालको संवैधानिक इतिहासमा नौलो भएको र उक्त कदम संविधानविपरीत रहेको कानुनविद्हरूको भनाइ रहेको बताउनुभयो ।
भारतीय विस्तारवाद नागरिकतालाई स्थायी समस्या बनाएर नेपालको नदीनाला र प्राकृतिक स्रोत–साधन कब्जा गर्न चाहन्छ, प्रमुख प्रजापतिले भन्नुभयो ।
अ·ीकृत नागरिकका सन्तानले वंशजको नागरिकता पाउनु देशको लागि खतरा रहेको र यसले नेपाललाई फिजी हु“दै सिक्किमीकरणमा पु¥याउने उहा“ले बताउनुभयो ।
नेपालका विश्वविद्यालयहरूप्रति विद्यार्थीहरूको विश्वास गुम्दै जानु राम्रो सूचक नभएको चर्चा गर्दै उहा“ले भन्नुभयो, “नेपालले वार्षिक १ खर्बभन्दा बढीको कृषिजन्य वस्तु भारतबाट आयात गर्छ । उच्च शिक्षा अध्ययनको नाममा नेपाली विद्यार्थी विदेशी विश्वविद्यालयतिर आकर्षित छन् । देशमा उत्पादन शून्य छ । वैदेशिक रोजगारको नाममा नेपाली युवाहरू बहुराष्ट्रिय कम्पनीका सस्तो ज्यामी बन्न बाध्य छन् । यस किसिमको दुरवस्थाबाट देश अगाडि बढ्दैन ।”
भागबन्डाको आधारमा संवैधानिक नियुक्ति र न्यायाधीश नियुक्ति भएकै कारण शासक पार्टीका नेताहरूले आफूलाई कानुनभन्दा माथि ठान्ने गरेको उहा“ले बताउनुभयो ।
ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले पठनपाठनका अतिरिक्त शिक्षक÷कर्मचारीहरूलाई समसामयिक राजनीति र अन्तर्राष्ट्रिय घटनाबारे सुसूचित बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताउनुभयो ।
ख्वप कलेज अफ ल का प्राचार्य अनिता जधारीले राष्ट्रपति पौडेलबाट प्रमाणीकरण गरिएको ‘नागरिकता विधेयक किन घातक छ ?’ भन्ने विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।