कलात्मक प्रवेशद्धार निर्माण अन्तिम चरणमा


जेठ २४, २०८०, बुधबार | दिउँसो ०२:१९ बजे | 30


कलात्मक प्रवेशद्धार निर्माण अन्तिम चरणमा

काठमाडौं । राजधानीको सुविधानगर तीनकुनेमा अवस्थित कलात्मक प्रवेशद्धार निर्माण अन्तिम चरणमा पुगेको छ । एकीकृत उपभोक्ता संघ निर्माण समिति सुविधानगर तीनकुने काठमाडौले आर्थिक वर्ष २०७९।०८० मा निर्माण सुरु गरेको प्रवेशद्धार यही चालू आर्थिक वर्षभित्रै सकिने जनाइएको छ । 
एकीकृत उपभोक्ता संघ निर्माण समिति सुविधानगर तीनकुन काठमाडौंका अध्यक्ष उज्वल केसीले काठमाडौं महानगरपालिका वडा नं ३२ बाट विनियोजित १५ लाख ८९ हजार चार सय ८८ रुपैयाँंको बजेटबाट प्रवेशद्धार निर्माण थालेको स्मरण गरे । यसका लागि आफनो अध्यक्षतामा आफूसहित ६ सदस्यीय समिति निर्माण भएको जानकारी अध्यक्ष केसीले दिए ।   

Comments