ख्वप कलेजको पत्रकारिताका विद्यार्थी राससमा


जेठ २४, २०८०, बुधबार | दिउँसो ०१:२८ बजे | 25


ख्वप कलेजको पत्रकारिताका विद्यार्थी राससमा

कञ्चन किसी
काठमाडौं । ख्वप कलेज देकोचा भक्तपुरका पत्रकारिताका विद्यार्थीले बुधबार काठमाडौंस्थित राष्ट्रिय समाचार समिति (रासस) को केन्द्रीय कार्यालयका विभिन्न कार्यकक्षहरुको अवलोकन भ्रमण गरेका छन् । कलेजमा स्नातक तह पहिलो वर्षमा पत्रकारिता मुख्य विषय लिई अध्ययनरत विद्यार्थीले रासस कार्यालयको विभिन्न कार्यकक्षहरुको अवलोकन भ्रमण गरेका हुन् । 
विद्यार्थीले समाचार संकलन, सम्पादन, श्रव्यदृश्यलगायतका विभागमा पुगेर अवलोकन भ्रमण गरेका हुन् । विद्यार्थीलाई समाचार संकलन र सम्पादन, श्रव्यदृश्य कक्षहरुका प्रमुखहरुले कक्षमा हुने विविध कार्यहरुबारे जानकारी दिएका थिए । 
विद्यार्थीलाई श्रव्यदृश्य शाखाका प्रमुख राजु शाक्य, नायव महाप्रबन्धक एवं रासस तस्वीर प्रदर्शनीका संयोजक श्याम रिमाल, प्रमुख समाचारदाता  सिलवाल, फोटो पत्रकार रत्न श्रेष्ठलगायतले आआफनो कार्यकक्षामा हुने कार्यहरुबारे जानकारी गराएका थिए । त्यस अवसरमा उनीहरुले मिडिया चुनौती र अवसर दुवै बाेकेकाे
पेशा भएको बताएका थिए । साथै मिडिया जिम्मेबार हुनुपर्नेमा पनि उनीहरुले जोड दिएका थिए । साथसाथै उनीहरुले विद्यार्थीको विभिन्न जिज्ञासाहरुबारे पनि उत्तर दिएका थिए । 
सोही अवसरमा विद्यार्थीले राससमा हाम्रो संस्कृतिः हाम्रो सम्पदा विषयक फोटो प्रदर्शनीमा रहेका फोटोहरुको पनि अभिरुचिपूर्वक अवलोकन गरेका थिए । 

फाेटाेमा हेर्नुहाेस्...

ख्वप कलेजको पत्रकारिताका विद्यार्थी राससमा

Comments