घरेलु संघको योजना तर्जुमा गोष्ठी सम्पन


जेठ २४, २०८०, बुधबार | विहान ११:४३ बजे | 60


घरेलु संघको योजना तर्जुमा गोष्ठी सम्पन

भक्तपुर । भक्तपुर घरेलु तथा साना उद्योग संघको दुई बर्षे योजना तर्जुमा गोष्ठी नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय उपाध्यक्ष श्री चन्दनकृष्ण श्रेष्ठज्यूको प्रमुख आतिथ्यता तथा भक्तपुर घरेलु बचत तथा ऋण सहकारी संस्था लि अध्यक्ष श्री लक्ष्मण ग्वाछाज्यूको बिषेश अतिथि एव नेपाल घरेलु तथा साना उद्योग महासंघ तत्कालिन उपत्यका प्रदेशका अध्यक्ष श्री प्रकाश बहादुर कायस्थज्यूको सहजीकरणमा होटेल सिटगाँउमा सम्पन भयो । सो अवसरमा प्रमुख अतिथि श्री श्रेष्ठज्यूले योजना तर्जुमा गोष्ठी संस्थाको मार्ग दर्शन भएको र योजना तर्जुमा गोष्ठीबाट आएको निचोडलाई आत्मासाथ गरी जानसके संघ अझ मजबुद हुने बताउनु भयो ।त्यसैगरी अर्का अतिथि श्री ग्वाछाज्यूले विगतमा भएको योजना तर्जुमा गोष्ठीकै कारण संघले जग्गा खरिद गर्न सफल भएको र साथै भवन निर्माणको लागि पनि टेवा पुगेको अनुभव सुनाउनु भयो । त्यसैगरी संघका निवर्तमान अध्यक्ष श्री विरेन्द्र जतिज्यूले विगतको कार्यशाला गोष्ठीको दौरानमा संघले लिएको लक्ष्यहरुमा पुग्न सफल भएको हुन्दा यस कार्यशाला गोष्ठीबाट पनि संघलाई निश्चित विन्दुमा पुर्याउने धारणा व्यक्त गर्नुभयो । कार्यशाला गोष्ठी संघका अध्यक्ष श्री प्रेमकृ्ष्ण खर्बुजाको अध्यक्षता भएको सो कार्यशाला गोष्ठीमा संघका सचिव श्यामसुन्दर श्रेष्ठ तथा महिला उद्यमी समितिका अध्यक्ष देवका श्रेष्ठ लगायतले कार्यशाला गोष्ठीको औचित्य माथि प्रकास पार्नुभएको थियो ।

Comments