सिद्धि अस्पताल बन्द


भदौ ३०, २०७७, मङ्गलबार | विहान ०४:५८ बजे | 5


भक्तपुर । भक्तपुरको सिद्धि स्मृति अस्पतालको सम्पूर्ण सेवा केही दिनका लागि बन्द भएको छ । अस्पतालमा कार्यरत २१ जना स्वास्थ्यकर्मीहरूमा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण पुष्टि भएपछि अस्पताल बन्द भएको हो । बिहीबार ३९ जना स्वास्थ्यकर्मीको स्वाब सङ्कलन गरी परीक्षणको पठाएकोमा २१ जनामा कोरोना पोजिटिभ देखिएको थियो ।
अस्पतालका निर्देशक श्यामसुन्दर धौभडेलले बिहीबार २१ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ रिर्पोट आएपछि आइतबारदेखि अस्पतालको सबै सेवाहरु बन्द गरेको बताए । साथै आइतबार बेलुकी नै १८ जना कोरोना पोजेटिभ रिर्पोट आएपछि बेलुकी १० बजे नै कोरोना संक्रमित स्वास्थ्यकर्मीहरुलाई खरिपाटी आइसोलेसनमा लगिएको धौभडेलले जानकारी गराए ।  साथै ३ जना स्वास्थ्यकर्मीहरु भने होम आइसोलेसनमा बसेको उनले जानकारी गराए । केही दिनपछिबाट अस्पताल पुनः सञ्चालनमा ल्याइने बताइएको छ ।

Comments