बजेटमाथि यस्तो छ नेपाल हस्तकला महासंघको धारणा


जेठ २२, २०८०, सोमबार | दिउँसो ०३:४८ बजे | 40


बजेटमाथि यस्तो छ नेपाल हस्तकला महासंघको धारणा

काठमाडौं । हस्तकला उद्योग व्यवसायमा प्रत्यक्ष र अप्रत्यक्ष गरी झण्डै ११ लाख व्यक्तिहरु संलग्न रहेका छन् । वार्षिक रुपमा १२ अरबको हाराहारीमा भारत चीन लगायत समुद्रपार मुलुकहरुमा हस्तकला वस्तुको निर्यात रहेको छ । कोभिड १९ को प्रभाव पछि विस्तारै लयमा फर्कन थालेको हस्तकला उद्योग व्यवसायलाई रसिया,युक्रेन युद्धले गर्दा प्रभावित बनाएँदै जान थालेको चुनौतिपूर्ण अवस्थामा अर्थमन्त्री डा. प्रकाश शरण महतले संसदको दुवै सदनको संयुक्त वैठकमा मिति २०८० वैशाख १५ गते प्रस्तुत गर्नु भएको आर्थिक वर्ष २०८०÷८१ को बजेट वक्तव्यको स्वागत गर्दै नेपाल हस्तकला महासंघले निम्न अनुसार आफ्नो धारणा सार्वजनिक गरेको छ ।

१. देशको अर्थतन्त्रमा देखिएका समस्या र चुनौतिका बीच आर्थिक वर्ष २०८०÷८१ को बजेट सार्वजनिक गरिएको छ । निजी क्षेत्रको मनोबल उच्च पार्ने र दिगो एवं फराकिलो आर्थिक वृद्धि सहितको सबल अर्थतन्त्र निर्माण गर्ने तर्फ बजेट लक्षित हुने कुरा सराहनीय रहेको छ ।

२. प्रतिस्पर्धी क्षमता तथा तुलनात्मक लाभ उच्च भएका उद्योग प्रवद्र्धन गर्ने युवालाई देश भित्र आर्थिक गतिविधिमा संलग्न गराउन प्रेरित गर्ने उद्यमशीलता विकास गरी गरिबी न्यूनिकरण तर्फ बजेटले लिएको लक्ष्य सकारात्मक रहेको छ ।

३. सरकारी र निजी क्षेत्रको सहकार्यमा उत्पादन, उत्पादकत्व र रोजगारीको अवसर वृद्धि गर्न सरकारले जोड दिने कुरा सकारात्मक रहेको छ ।

४. आत्मनिर्भर अर्थतन्त्रको आधारः स्वदेशमै उत्पादन र रोजगार भन्ने बजेटले लिएको नारा सान्दर्भिक रहेको छ । यो नारालाई सार्थक र सफलिभूत तुल्याउन स्थानीय श्रोत र साधनमा आधारित हस्तकला वस्तु उत्पादन सम्बन्धी सीप विकास गरी रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न सकिने प्रशस्त संभावना रहेको छ ।

५.प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम अन्र्तगत स्वदेशी श्रम र कच्चा पदार्थमा आधारित अधिकतम मूल्य अभिवृद्धि हुने हस्तकलाका वस्तुको आन्तरिक खपत तथा बजार प्रवद्र्धनको लागि नेपाल सरकारले उक्त वस्तुहरु प्रयोग गर्ने व्यवस्था भएमा हस्तकला आन्तरिक बजार प्रवद्र्धनमा ठूलो सघाउ पुग्ने भएकोले सोको प्रभावकारी कार्यान्वयन लागि नेपाल सरकार समक्ष महासंघ आग्रह गर्दछ ।

६. नवप्रवर्तनको लागि १ अरब विनियोजन गर्नु निकै सराहनीय रहेको छ । नवप्रवर्तन भित्र हस्तकला क्षेत्रको लागि आवश्यक औजार, प्रविधि र कच्चा पदार्थ सम्बन्धी अध्ययन र अनुसन्धान र उद्यमशीलता बिकासको लागि पनि उक्त कोष परिचालन हुनु पर्दछ भन्ने यस महासंघको ढृढ मान्यता रहेको छ ।


७. त्यसैगरी व्यवसाय शुरु गर्न स्टार्टअपलाई प्रोत्साहन गर्ने सरकारको नीति निकै सकारात्मक रहेको  छ । यसबाट युवा पिढी आकर्षित भई उद्यमशीलता विकास र व्यवसाय विकासमा सघाउ पुग्ने महासंघले अपेक्षा गरेको छ । हस्तकला व्यवसाय शुरु गर्नको लागि यसबाट विना प्रकृयागत झन्झट सहुलियतपूर्ण कर्जा प्रवाह गरी नेपाल सरकारबाट युवाहरुलाई प्रोत्साहित गर्ने वातावरण तयार गर्न पर्दछ । 

८. स्वदेशी उत्पादनलाई प्रवद्र्धन तथा विस्तार गर्न निजी क्षेत्रबाट अगाडि बढाईएको मेक इन नेपाल र मेड इन नेपाल अभियानलाई सार्थक तुल्याउनको लागि नेपाली वस्तुको प्रचारात्मक र प्रवद्र्धनात्मक अभियान चलाउन पर्दछ । यस क्रममा उच्च मूल्य अभिवृद्धि हुने हस्तकला वस्तुको आन्तरिक उपभोग बढाउन र यी वस्तुको प्रचार तथा बजार प्रवद्र्धनको लागि मेक इन नेपाल मेड इन नेपाल अन्तर्गत हस्तकला वस्तुहरुको देशका सातवटै प्रदेशमा हस्तकला व्यापार मेलाको आयोजना हुनु पर्दछ ।

९. नेपाल सरकारबाट घोषणा भएका औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्र भित्र यस महासंघले झण्डै डेढ दशक अगाडि देखि नेपाल सरकार समक्ष माग गदैं आएको हस्तकला ग्राम पनि समावेश हुनु पर्दछ भन्ने यस महासंघको जोडदार माग रहेको छ ।

१०ं. परम्परागत रुपमा संचालित हुँदै आएको हस्तकला उद्योगहरुको प्रतिस्पर्धात्मक क्षमता अधिवृद्धिको लागि प्रविधि सुधार, मेसिन प्रतिस्थापन र पूर्वाधार निर्माणको लागि दिइने सहुलियतपूर्ण ऋण सरल प्रकृयाबाट उपलब्ध गराउनु  पर्दछ ।

११. हस्तकला क्षेत्रमा रहेका परम्परागत सीप र प्रविधि संरक्षण गर्नको लागि नयाँ पुस्तामा उक्त सीप र प्रविधि हस्तान्तरण तथा पुस्तान्तरणको लागि आवश्यक तालीम संचालन गर्न यस महासंघ सक्षम रहेकोले पर्याप्त मात्रामा बजेट विनियोजनको लागि नेपाल सरकार समक्ष अनुरोध छ ।

१२. बजारको माग बमोजिम दक्ष जनशक्ति तयारीको लागि कार्यस्थलमा दिने तालीम हस्तकला क्षेत्रमा फेल्टजन्य वस्तु, हाते कागजजन्य वस्तु, काष्ठकला, प्राकृतिक रेसाजन्य वस्तु सम्बन्धी उद्योगहरुमा संचालन गर्न सकिने भएकोले यसको लागि न्यूनतम पारिश्रमिकको अतिरिक्त तालीम साम्रगीको खर्च नेपाल सरकारले व्यहोरेको अवस्थामा तालीम थप प्रभावकारी हुने यस महासंघको विश्वास रहेको छ ।

१३. नेपाल व्यापार एकिकृत रणनीति (ल्त्क्ष्क्) ले पहिचान गरेका वस्तुहरुको उत्पादन तथा निर्यात प्रवद्र्धन कार्यक्रम अन्र्तगत हस्तकला वस्तुको प्रवद्र्धनको लागि स्वदेश तथा विदेशमा वस्तु विकास, डिजाइन विकासको लागि आवश्यक तालीम संचालन र विदेशमा हुने अन्तर्राष्ट्रिय व्यापार मेलाहरुका मार्फत वस्तुको बजार प्रवद्र्धनको लागि ती मेलाहरुमा स्टल भाडामा अनुदान सहयोग दिई उद्यमी व्यवसायीहरुलाई सहभागी गराउनु पर्दछ भन्ने महासंघको माग रहेको छ ।

१४. निर्यात हुने वस्तुहरको गन्तव्य मुलुकमा सामुहिक व्यापार चिन्ह (ऋयििभअतष्खभ त्चबमभ ःबचप) दर्ता गर्न प्रोत्साहित गरिने कुरा स्वागत योग्य छ । यसको लागि हस्तकलाका परम्परागत र समकालिन विधाहरुमा सामुहिक व्यापार चिन्हको विकास र दर्ता प्रकृयामा यस महासंघले नेपाल सरकारको सहयोग र सहकार्यको अपेक्षा राखेको छ ।

१५. निर्यातमा दिईदै आएको नगद अनुदान सरल किसिमबाट प्रदान गर्न निर्यात भएको प्रमाणित हुने कागजातहरु निर्यात प्रज्ञापन पत्र एअर वे वील र निर्यातको लागि रकम प्राप्त भएको अग्रीम भुक्तानी (ब्एऋ) को आधारमा निर्यातकर्ताको सम्बन्धित बैंक खातामा जम्मा हुने व्यवस्था गर्नु पर्दछ भन्ने यस महासंघको माग रहेको छ ।

१६. सन् २०२६ पछि नेपाल विकाससील मुलुकमा स्तरोन्नति हुँदा व्यवसायीले पाई रहेको सहुलियत कायम नहुने अवस्थामा अहिले देखिनै हस्तकला क्षेत्रका उद्यमी व्यवसायीहरुको प्रतिस्पर्धी क्षमता विकासको लागि आवश्यक पर्ने प्रविधि र दक्ष जनशक्ति विकासको लागि आवश्यक तालीम प्रदान गर्नु पर्दछ ।

१७. इ—कमर्सको माध्यमबाट हस्तकलाको बजारीकरणमा सहयोग गर्न आवश्यक इ पोर्टल निर्माण र यसको प्रवद्र्धनमा हस्तकला उद्यमी व्यवसायीलाई सरकारले अनुदान सहयोग उपलब्ध गराउनु पर्दछ ।

१८. प्रधानमन्त्री रोजगार कार्यक्रमलाई पुर्नसंरचना गरिने व्यवस्था स्वागत योग्य छ । यस कार्यक्रमबाट दीर्घकालीन रुपमा स्वरोजगार हुने किसिमका रोजगारमूलक तालीम दिइनु पर्दछ । यसको लागि थोरै पूँजी र स–सानो प्रविधिबाट संचालन गर्न सकिने हस्तकला उद्योग व्यवसाय सम्बन्धी सीप र उद्यमशीलता विकास सम्बन्धी कार्यक्रमहरुका लागि छुट्याइएको बजेट परिचालन गरिनु पर्दछ भन्ने यस महासंघको धारणा रहेको छ ।

१९. सार्वजनिक खरिद ऐन र नियमावलीलाई सरल र प्रभावकारी तुल्याई तीनै तहका सरकारबाट नेपाली हस्तकला वस्तुहरुको बढि भन्दा बढि उपभोग गर्ने कुरामा महासंघ आशावादी रहेको छ । यसबाट राष्ट्रिय गौरबका आयोजनाहरुमा नेपाली मौलिक कला काष्ठकला, प्रस्तरकला तथा धातुकलाको प्रयोगलाई बढावा दिर्ई स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगहरुमको प्रवद्र्धन हुन गई रोजगारी सिर्जना हुने छ ।


बजेटले संवोधन गर्न नसकेका हस्तकला क्षेत्रको लागि दीर्घकालिन महत्व राख्ने विषयहरु

 १. एकिकृत रुपमा एकै छाना मुनिबाट सेवाग्राहीलाई, डिजाइन विकास गुणस्तर, प्रमाणिकरण, वस्तु विकास सम्बन्धी सेवा प्रवाहको लागि सार्वजनिक निजी नागरिक साझेदारी (एएएए) मोडलमा नेपाल सरकारको सहयोगमा यस महासंघद्वारा संचालन गरिने सार्क हस्तकला विकास केन्द्र नेपाल (क्ज्म्ऋ ल्भउब)ि को भवन बनेको झण्डै २ वर्ष भई सक्दा पनि उक्त केन्द्र संचालनका सम्बन्धमा बजेट वक्तव्यमा केही उल्लेख नहुनु निकै दुःखको विषय रहेको छ ।

२. हस्तकला एक बिशेष प्रकृतिको उद्योग भएकोले हस्तकलालाई लघु घरेल तथा साना उद्योग भित्र समावेश गरी सम्बोधन गरिदाँ बिशेष प्रकृति रहेको हस्तकला उद्योग ब्यवसायको समुचित बिकास,संरक्षण र प्रवद्र्धन नहुने हुनाले हस्तकला क्षेत्रको दीर्घकालित विकासको लागि हस्तकला विकास नीति नेपाल सरकारमा प्रस्तुत गरेको लामो अवधि भई सक्दा पनि सो सम्बन्धमा पनि बजेट वक्तव्य मौन रहनु आश्चर्यजनक छ ।

३. हस्तकला क्षेत्रको दिगो विकासको लागि हस्तकला ग्राम (ऋचबात खष्ििबनभ) स्थापनाको लागि दशकौं देखि महासंघबाट नेपाल सरकार समक्ष ब्मखयअबअथ गर्दै आएको सम्बन्धमा पनि बजेट वक्तव्यमा केही उल्लेख नहुनु यस क्षेत्रको संस्थागत र दिगो विकासको लागि दुर्भाग्यपूर्ण रहेको छ ।

Comments