गो लोकल सम्बन्धि अन्तरक्रिया


जेठ २२, २०८०, सोमबार | दिउँसो ०२:०४ बजे | 45


गो लोकल सम्बन्धि अन्तरक्रिया

भक्तपुर घरेलु तथा साना उद्योग संघ तथा भक्तपुर पर्यटन विकास समितिको सहकार्यमा भक्तपुरमा क्रियाशिल सरोकारवाला संघ सस्थाहरुसँग रैथाने उत्पादन अर्थात गो लोकल कार्यक्रमा सम्बन्धि अन्तरक्रिया सम्पन गरियो ।भक्तपुरका मौलिक उत्पादनलाई सस्कृति तथा पर्यटनसँग जोडी ती उद्योग व्यवशायलाई जिवन्तता दिन सरोकारवाला संघ सस्थाले निभाउनु पर्ने भुमिका बारे जानकारी लिने हेतुले सो अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । सो अन्तरक्रिया कार्यक्रममा संघका अध्यक्ष प्रेमकृष्ण खर्बुजाले परम्परागत रुपमा संचालनमा रहेको लघु घरेलु तथा साना उद्योगमा विद्यमान रहेको समस्याहरु पहिचान गरी सो समस्यालाई सम्बन्धित निकाय सम्म पुर्याई दिर्धकालिन समाधानको उपाए खोज्नु गो लोकल कार्यक्रमको मुख्य उद्देश्य रहेको जानकारी गराउनु भयो ।त्यसै गरी गो लोकलका संयोजक विरेन्द्र जतिले गो लोकल संचालन गर्नुको मुख्य उद्देश्यबार प्रस्टाउँदै स्थानीय निकायले यस तर्फ चासो दिन नसकेको बताउनु भयो ।
कार्यक्रममा भक्तपुर चेम्बर अफ कमर्श अध्यक्ष श्री न्हुन्छे रत्न मानान्धरज्यूले रैथाने उत्पादनलाई निरन्तरता दिन संघ प्रदेश र स्थानीय निकायले बजेटको व्यवस्था गरी प्रोत्साहन गर्नु पर्ने तथा परम्परागत रुपमा उत्पादन गरी रहेको स्थानीय उत्पादनलाई सहकारी मार्फत वा सामुदायिक लगानी गरी बृहत उत्पादन तर्फ लाग्नु पर्ने बताउनु भयो ।त्यसै गरी हस्तकला संघका अध्यक्ष श्री श्याम चित्रकारज्यूले हस्तकलाका सामानहरु उत्पादन गर्दा समान गुणस्तर नहुने भएकोले निश्चित मापदण्द बनाउनु पर्ने बताउनु भयो । साथै उहाँले हस्तकलाका सामानहरु एकैपटक धेरै माग भएपनि बनाउन नसकिने जानकारी गराउनु भयो ।
कार्यक्रममा किराना तथा खाद्य व्यवशायी संघका अध्यक्ष श्री केपी चवालज्यूले स साना उद्यमीले खाद्यन्न प्याकिङ्ग गर्दा खाद्य अनुज्ञा पत्र लिनु पर्ने कुरा व्यवहारिक नभएक र नापतोलको कार्यालय स्थानीय तहमै राख्न पहल गर्नुपर्ने बजार अनुगमन आउँदा सम्बन्धित विषयका विषशज्ञ सहित आउनु पर्ने लागयतका सझावहरु दिनुभयो भने कपडा तथा सिलाई व्यवशाय संघका अध्यक्ष सुभारत्न बज्राचार्यज्यूले स्थानीय निकाय अन्तर्गतका कार्यालयमा लगाईने पोशाक स्थानीय सिलाई व्यवशायीहरुबाटै सिलाएको लगाउन पहल गरेको खण्डमा राम्रो हुनुका साथै परम्परागत पोशाकलाई स्थानिय निकायले प्राथमिकता दिन सके यहाँको मौलिकता जिवन्तहुने बताउनु भयो भने राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष श्री मनोज थापाज्यूले स्थानीय प्रदेश वा संघमा जाँदा जस्ले समस्या देखेको हुन्छ उसले समाधानका उपाए पनि थाहा हुने भएकोले समस्याको साथै समाधान पनि लिएर जानु पर्ने बताउनु हुन्दै अनुगमन गलत नियतले गरेको नभई उपभोक्ता तथा बिक्रता दुबैलाई सचेतना गर्नको लागि निरन्तर अनुगमनको आवश्यक भएको बताउनु भयो ।साथै उहाँले यहाँ रैथाने उद्योगलाई व्यवस्थित गरी एकरात भएपनि भक्तपुरमा बस्ने वातावरण बनाउन सके अझ आर्थिक रुपमा यहाँका जनता सवल हुने धारणा राख्नु भयो । त्यसैगरी जिल्ला कृषि सहकारी संघका अध्यक्ष श्री शनिस लागेजुज्यूले यहाँको रैथाने उत्पादनलाई जोगाउन सर्वप्रथम पुराना विउ विजन जोगाउन अति आवश्यक भएको हुन्दा यस तर्फपनि स्थानीय निकायको ध्यान जानु पर्ने बताउनु भयो । भक्तपुरमा आएका पर्यटकहरुलाई पुर्खाले छोडेर गएका सम्पदामात्र नभई अहिलेका युवाहरुले गरिरहेको क्रिया कलापहरुलाई पनि जानकारी गराई ती युवाले उत्पादन गरेको बस्तु तथा सेवाहरुलाई पनि प्रचार प्रसार गर्नु पर्ने बताउनु भयो । भक्तपुर जु जु धौ व्यवशायी संघका अध्यक्ष श्री कृष्णगोपाल सैंजुज्युले घरेलु उत्पादन सधै एउटै गुणस्तरको नहुने भएकोले यस्को मापदण्द बनाई जु जु धौलाई ब्राण्डिड गर्नुपर्ने बताउनु भयो । साथै सरकारले अनुदान दिन्दा पनि वास्तविक तथा काम गरिरेहा उद्यमी भन्दा पनि राजनिति पहुँचको आधारमा झोले उद्यमीहरुले मात्र पाईरहेकोमा गुनासो गर्नुभयो । कार्यक्रममा हस्तकला संघका निवर्तमान अध्यक्ष श्री गणेशमान राजचलज्यूले गुणस्तरी काठ उपलब्ध नहुन्दा मौलिकतामा ह्रास आएको दक्ष कामदारको अभाव भएकव बताउनु भयव भने मध्यपुर माक्स मेकिङ्कका प्रोपाईटर श्री सोम तामाङ्गले कच्चा पर्दाथको अभावले व्यवशायबाट पलायन हुनु पर्ने अवस्था आएको बताउँदै भक्तपुरको निश्चित क्षेत्रको मोटो मुकुड बनाउन अति उपयोगी भएको हुन्दा त्यस्ता क्षेत्रको स्थानीय निकायले संरक्षण गर्ने पर्ने बताउनु भयो ।किसान टेक बहादुर लाखाज्यू हरिगोपाल त्वायनाज्यूले किसानले उत्पादन नगरिकन कुनै पनि सस्कृति रहन सहन बाँच्न नसक्ने भएतापनि किसान पेशा सधै उपक्षित रहन्दै आएको जानकारी गराउनु भयो ।कार्यक्रममा भक्तपुर पर्यटन व्यवशायी संघका निवर्तामान अध्यक्ष श्री रामसुन्दर भेलेज्यूले अन्तरक्रिया कार्यक्रममा उठेका विषयबारे टिपण्णी गर्दै भक्तपुरमा रहेका रैथाने उत्पादनका उद्योगलाई पर्यटन सँग जोडी ती पर्यटकलाई उद्योग सँग ल्याउन गुगल म्यापको अवधारणा ल्याएको जानकारी गराउँदे भक्तपुर घुम्न आउँदा कोशेली स्वरुप के लग्ने भने अन्योलको समाधान गो लोकल मार्फत गर्न लागेको जाकारी गराउनु भयो ।

Comments