भनपा १० ले गरयो बृक्षारोपण
जेठ २२, २०८०, सोमबार | दिउँसो १२:३२ बजे | 60
भक्तपुर, २२ जेठ । वातावरण दिवसको अवसरमा भक्तपुर नगरपालिका १० नं वडा कार्यालयको आयोजनमा बृक्षारोपन कार्यक्रम पूर्व उपप्रमुख चैत्यराज शाक्यको आथिथ्यतामा एक समारोहबीच वडा कार्यालयमा सम्पन्न भयो । कार्यक्रममा पूर्व उपप्रमुख चैत्यराज शाक्यले बातावरण बचत अन्तिम अबस्थाको खेल हो भने नाराका साथ भएको खेल सबैले बृक्षारोपन गरे बातावरण दिवस मनाएको औचित्य हु्न्छ भन्नुभयो ।
वडाध्यक्ष लक्ष्मी प्रसाद ह्यौमिखाले वातावरण प्रदुषण रोक्न सकेमात्र हाम्रो जीवन स्वास्थ्य हुने भन्नुभयो । प्रकृति र जीवन अभिन्न अंग भएको बताउँदै त्यसको लागि वातावरणमा प्रभाव मानिसले पार्ने भएकोले विपद् निम्त्यने बताउनुभयो ।
कार्यक्रममा वडा सदस्य जितेन्द्र मुनांकर्मी, तारादेवी शाक्य, वडानिरिक्षक रामकृष्ण प्रजापति, वडा सचिव गोबिन्दराम थुसाले बृक्षारोपन गरेको थियो ।