भक्तपुरको सूर्यविनायक नगरपालिकाभरि भयो महिला क्षमता अभिबृद्धि तालिम


जेठ १७, २०८०, बुधबार | दिउँसो ०२:४३ बजे | 75


भक्तपुरको सूर्यविनायक नगरपालिकाभरि भयो महिला क्षमता अभिबृद्धि तालिम

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकामा भइरहेको महिला क्षमता अभिबृद्धि तालिम बुधबारबाट सकिएको छ । मानवीय आस्था नेपाल सूर्यविनायक नामक गैर सरकारी संस्थाले नगरपालिकाको १ देखि १० सम्मकै वडामा महिलाहरुको क्षमता अभिबृद्धिका लागि तालिम दिइएको थियो । 
तालिम एउटा वडामा दुईदुई दिइएको मानवीय आस्था नेपाल सूर्यविनायकका महासचिव एव कार्यक्रम संयोजक उतरा नेपालले बताइन् । तालिम फरकफरक दिनमा वडा कार्यालयहरुमा दिइएको थियो । तालिम वैशाख २२ गतेबाट सुरु भएको थियो । 
तालिम अन्तर्गत महिलाहरुको नेतृत्व, व्यक्तित्व, व्यवसायिक सीप, महिला शशक्तीकरण, वाककलालगायतका विषयमा विशष विशषज्ञबाट तालिम दिइएको थियो । वाककला प्रशिक्षक विजय विस्फोटले उमेर ढल्केका महिलाहरुमै पनि अझै जोश देखिएको भन्दै खुशी व्यक्त गरे । 
कार्यक्रमको समापन भने जेठ १९ गते शुक्रबार हुने जनाइएको छ । सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाको प्रमुख आतिथ्यतामा शंखधर पार्टी प्यालेस मध्यपुर थिमिमा साँंझ ४ बजे समापन कार्यक्रम हुने जनाइएको छ । 

Comments