विद्यार्थीहरुले गरे भक्तपुर नगरपालिका वडा नं २ को अवलोकन
जेठ १६, २०८०, मङ्गलबार | दिउँसो ०२:०३ बजे | 30
भक्तपुर, जेठ १६ । सामाजिक अध्ययन र सिकाईका लागि काठमाडौँ, बुद्धनगरमा रहेको कादम्बरी मेमोरियल कलेजको स्नातक तह दोश्रो सेमेष्टर, सामाजिक कार्यमा अध्ययनरत विद्यार्थीहरुले भक्तपुर नगरपालिका वडा नं २ को अवलोकन गरेका छन्।
सो अध्ययन/अवोलोकनको क्रममा सहभागी विद्यार्थीहरुले भनपा वडा नं २ का वडा अध्यक्ष हरिप्रसाद बासुकलालाई आ आफ्नो जिज्ञासा राखेका थिए । समुदायमा सामाजिक नक्साङ्कन कार्य गर्नुका साथै वडाका विविध कार्यहरुको जानकारी लिंदै वडा नं २ को भ्रमण पनि गरेका थिए।