कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु


भदौ २९, २०७७, सोमबार | विहान ११:३२ बजे | 15


काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १५ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ३६० पुगेको छ। यस्तै पछिल्लो पटक देशभर ११ सय ७० जना कोरोना संक्रमित थपिएका छन्।


काठमाडौं उपत्यकामा ५१२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४४० जना, भक्तपुरमा ४३ जना र ललितपुरमा २९ जना संक्रमित थपिएका हुन्।  

Comments

ताजा खबर