गणतन्त्रपछि पुरानो अपराधीको ठाउँंमा नयाँं अपराधी


जेठ १६, २०८०, मङ्गलबार | विहान ०४:५७ बजे | 55


गणतन्त्रपछि पुरानो अपराधीको ठाउँंमा नयाँं अपराधी

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले गणतन्त्रपछि पुरानो अपराधीको ठाउँं नयाँं अपराधीले लिएको बताएका छन्।

गणतन्त्र अघि एकजना राजाले लिएको ठाउँं अहिले धेरै राजाहरुले लिएको उनको भनाई थियो। भक्तपुरमा आयोजित एउटा कार्यक्रममा उनले ठूल्ठूला पदमा बस्नेहरु नै अपराधी भएको दाेहाेर्‍याए।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेहरु देशद्रोही अपराधी भएको उनको भनाई थियो। पटकपटक अपराधी शव्द दोह्याएका उनले एकजना अपराधीको ठाउँंमा धेरै अपराधीहरु हुँंदा देश यो स्थितिमा पुगेको उनकाे भनाइ छ ।
 
एउटा राजाको ठाउँंमा धेरै राजाहरुले ठाउँं लिँदै आएको बताउँंदै आएका उनले अपराधीहरुको संख्या झनझन् बढ्ने क्रममा रहेको भन्दै चिन्ता व्यक्त गरे। उनले भने, ती अपराधीहरुले नै देशलाई, जनतालाई दाेहाेर्‍याइरहेका छन्। यसकारण जनता सचेत हुनुपर्ने उनको धारणा  रहेकाे थियो।

Comments