धेरै बैकमा खाता हुनु ठिक कि बेठिक ?
जेठ १४, २०८०, आइतबार | विहान ०८:५६ बजे | 20
अहिलेको समयमा बैक खाता नहुने व्यक्ति सायदै कोही होलान् । अहिले नवजात शिशुको पनि खाता खोलिन्छ । पहिलापहिला भए बैकमा खाता हुनेहरुको रुवाफ नै अर्को हुन्थ्यो । तर हिजोआज एक जनाको पनि कम्तीमा एक वा सो भन्दा वढी बैंकमा खाता खोलिएको हुन्छ ।
भक्तपुर फाइनान्स (अहिले सेन्ट्रल फाइनान्स) च्याम्हासिंह भक्तपुरका संस्थापक इन्जिनियर कृष्णभक्त दुवालले एउटा बैंक खाता काफी हुने बताउँछन् । धेरै बैकमा खाता खोल्नु भनेको अनावश्यक रुपमा अरुलाई पैसा खुवाउने काम मात्र भएको उद्योगीसमेत रहेका इन्जिनियर दुवाल सुनाउँछन् । व्यक्तिगत होस् वा व्यवसायी दुबैले चलाउने बैक खाता भनेको एउटा वा बढीमा दुईता मात्र हो, उनी भन्छन् । तर अहिले कार्यालय अनुसार बैक खाता खोल्नुपर्ने बाध्यताले मानिसले खाता खोल्नुपरेको उनको भनाई छ । त्यस्ता खातामा काम गरेसम्म पैसा हुन्छ छाडेपछि त्यतिकै प्रयोगविहिन हुन्छ । त्यस्ता खाताहरुमा कम्तिमा ५ सय रुपैया वा बैकको नितिनियम अनुसार बाकी गर्नुपर्ने हुन्छ, उनले सुनाए । त्यस्ता बाकी भएका पैसा उदाहरणको लागि ५ सय रुपैया मात्र ५ वटा बैक खातामा जम्मा हुँदा २ हजार ५ सय रुपैया यत्तिकै हुन्छ, उनले भने, त्यो पैसा हामी चलाउन पाउँंदैनौं र खेर जान्छ वा हामीलाई घाटा लाग्छ ।
उनले उदाहरणसहित भने, १ रुपंैयामा खाता खोल्दा १ लाख जनाको खाताले १ लाख हुन्छ बैंकमा । यो कसैले याद गरेको हुँदैन । यो सबै बैंकले खान्छ । हामी १ रुपैया त हो भनेर छाड्दिन्छौं वा वास्ता गर्दैनौं ।
हाम्रो कति खातामा सय रुपैयादेखि हजारौं हुनसक्छ । यो पैसाले कति फाइदा हुने भयो सोच्नुस् त बैंकलाई ? करोडौं हुने भन्दै हिसाब निकाल्छन् उनी । साथै उनले विदेशमा एउटा बैकले हरेक ट्रन्जेक्सनमा १ सेन बैक संचालकको खातामा जाने गरी सेटिंग मिलाउने गरेको अनुसन्धानबाट थाहा भएको सुनाउँछन् ।
नेपाल इन्भेन्टमेन्ट मेघा बैकका उपप्रबन्धक मनोज श्रेष्ठले अहिले सबै काम एउटै बैक खाताबाट हुने बताउँछन् । त्यसैले एउटा व्यक्तिको एउटा बैकमा मात्र खाता खोले पुग्छ, श्रेष्ठ भन्छन्, जस्तै एटीएम, डेविड कार्ड, क्रेडिट कार्ड, मोबाइल बैकिंग, चेक इत्यादि । तर व्यक्तिमा भरपर्छ जस्तै बचत खाता छुट्टै बैकमा, तलब आउने बैक छुट्टै, आइपिओ भर्ने बैक, विदेशबाट पैसा पठाउँने रेमिटेन्सको लागि छुट्टै बैक खाता, लोन लिने बैक छुट्टै यसरी विभिन्न बैकमा आ आफ्नो आवश्यकता अनुसार खाताबाट काम गर्ने गरेको पाइन्छ, थपे उनले ।
कसैले ब्याजदर वृद्धिको आधारमा पनि बैक खाता खोल्ने उनी बताउँछन् । साथै अहिले नयाँ एउटा खातामा जिवन बिमाको स्किम आएपछि कसैले त्यही जिवन बिमाको लागि पनि खाता खोल्ने उनी सुनाउँछन् ।
कतिपय खाताहरुको सुविधाको आधारमा पनि धेरै बैकमा खाता खोल्ने उनको भनाई छ । जस्तै कुनै बैक खातामा मोबाइल बैकिंग चलाउदा अतिरिक्त चार्ज नलाग्ने, कुनै बैकमा यति पैसा भएपछि व्याजदर बढ्ने, कुनैमा यी सुविधा नहुने भएका कारण आफूलाई फाइदा हुने हिसाबले धेरै बैंकमा खाता खोल्ने गरेको उनी सुनाउँछन् । बंैकले खाता बढाउनको लागि गर्ने गरिन्छ यो, उनले भने । अहिले काठमाडौंमा २१ वटा कर्मसियल बैक रहेका छन् ।