भक्तपुरमा आज २ जना कोरोना संक्रमितको मृत्यु
भदौ २९, २०७७, सोमबार | विहान १०:३२ बजे | 15
भक्तपुर । कोरोना संक्रमित दुई जनाको सोमबार मृत्यु भएको छ । मृत्यु हुने दुवैजना मध्यपुर ठिमी नगरपालिकाका रहेको जनाइएको छ ।
मध्यपुर थिमि नगरपालिका वडा नं ५ का ७७ बर्षिय पुरुष र वडा नं ७ का ८१ बर्षिय पुरुष दुइ जनाको मृत्यु भएको मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले जानकारी गराए ।
वडा नं ५ का पुरुषको मुटुको अपरेशन गर्न अघि पिसिआर परिक्षण गर्दा कोरोना संक्रमण देखिएको र अपरेशनपछि आज बिहान उनले मृत्यु भएको नगरप्रमुख श्रेष्ठ बताउँछन् । ती पुरुषमा ४ दिन अघि २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै वडा नं ७ का पुरुषको ८ दिन अघि गरिएको पिसिआर परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित भएपछि होम आइसोलेसनमा बसिरहेको अवस्थामा स्वास्थ्यमा थप जटिलता देखिएसँगै मेघा अस्पतालमा लगिएको उनले बताए । तर उक्त अस्पतालमा भ्यान्टिलेटर नभएपछि ग्रान्डि अस्पतालमा रेफ्रर गरिएको र अस्पातल पुराउनु अगावै बाटोमै उनको मृत्यु भएको प्रमुख श्रेष्ठले जानकारी दिए ।
यो सँगै भक्तपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।