सिथी न:खामा व: चटामरी वनाउदै अक्सफोर्डका विद्यार्थीहरु रमाउदै
जेठ ११, २०८०, बिहीबार | दिउँसो ०३:०१ बजे | 25
भक्तपुर। अक्सफोर्ड प्राक्टिकल स्कूलद्वारा आयोजित सिथी न:खा पर्व विशेष व: र चटामरी फेस्टिवल विहिबार सम्पन्न भयो। " कला र संस्कृति, सिथी न:खामा व: र चटामरी" नाराका साथ व: र चटामरी फेस्टिवलमार्फत विद्यार्थीहरुमा नेवारी परिकार व: र चटामरी दिवा खाजाको रुपमा प्रयोग गर्नुका साथै प्रयोगात्मक तरवले व: र चटामरी वनाउने कार्यशाला समेत संचालन गरेको कुरा विद्यालय प्रधानाध्यापक रवि दुवालले बताउनुभयो। कार्यशालामा व: र चटामरी बनाउदै, खादै र रमाउदै गरेको अभ्यासले सामाजिक र संस्कृतिक ज्ञान, सिप संगै शैक्षिक परिवर्तन समेत हुने जानकारी गर्नुभयो। स्थानीय पाठ्यक्रम अन्तर्गत ख्वपको पहिचान विषयमा सिथी न:खा सम्बन्धित ज्ञान, सिप र धारणा व्यवहारिक रुपमा अभिबृदि गराउनुका साथै परम्परागत नेवारी खाद्य परिकारको पहिचानलाई स्थानीय, राष्ट्रिय, र विश्व परिवेशमा दिगो र प्रभाबकारी रुपमा विकास, विस्तार र प्रबर्धनका लागि यस कार्यशालाले विद्यार्थीमा सकारात्मक प्रभाव परेको कुरा बिषय शिक्षक प्रविना दुवालले बताउनुभयो। कार्यशालामा सहभागी विद्यार्थी आस्निया योञ्जनका अनुसार "सुरुमा वनाउन डर लाग्यो। मिल्ला कि नमिल्ला कस्तो होला भन्ने मनमा चिन्ता थियो। आज व: र चटामरी आफैले वनाए, शिक्षक र साथीहरुलाई खुवाए। साह्रै रमाइलो र खुसी लाग्यो। ' 'पहिलो पटक व: र चटामरी वनाएको हुनाले टावामै टाँसिएको, टुक्रा-टुक्रा भएको, आकार पनि नमिलेको तर पछि हल्का आगोमा, तेल हाल्दै, धैर्यताका साथ बनाउदैं गर्दा राम्रो भयो। ' भन्ने अनुभब कक्षा ८ का विद्यार्थी रवि थिङ्गले वताउनु भयो। सोहि कार्यशालामा विद्यार्थीबाट तयार पारिएको व: र चटामरी खाजा सेटलाई रु . १०० मा विद्यार्थी र शिक्षकलाई विक्री गरिएको थियो। खाजा सेटबाट प्राप्त रकमलाई परोपकारी क्रियाकलापमा खर्च गरिने अतिरिक्त क्रियाकलाप समितिका संयोजक शिक्षक मनिता नेपालले जानकारी गर्नुभयो। सोहि कार्यशालामा सिथी न:खाको महत्त्व वारेमा शिक्षक निर्जला प्रजापति र जीवन सुवालले पनि बोल्नु भएको थियो। साथै सिथी न:खाको अवसरमा कार्यक्रम संयोजक शिक्षक शिव भुजूको नेतृत्वमा सल्लाघारी स्थित चोङ्गा गणेश मन्दिर परिसर, ढुंगे धारा वरिपरि सरसफाई कार्यक्रम समेत सम्पन्न गरेको थियो