पर्यटनबाट भनपालाई १७ करोड आम्दानी
जेठ १०, २०८०, बुधबार | विहान ०५:५४ बजे | 10
पर्यटन भक्तपुर नगरपालिकाको आन्तरिक आयको प्रमुख श्रोत हो । चालु आ.व.मा पर्यटनबाट रु. १७ करोड आम्दानी हुने अनुमान गरिएकोमा बैशाख महिनासम्म रु. १५ करोड ८६ लाख आम्दानी भइसकेको छ । जुन अनुमानित आयको ९३.३४ प्रतिशत हो । चालु आ.व.को सोही अवधिमा गैरसार्कतर्फ ८३,५८१ र सार्क र चिनिया“तर्फ ७३,३३० गरी जम्मा १,५६,९११ जना पर्यटकले भक्तपुरको अवलोकन भ्रमण गरिसकेका छन् । गत आ.व.को श्रावणदेखि बैशाखसम्म १० महिनामा गैरसार्कतर्फ १७,५५१ जना र सार्क र चिनियाँतर्फ १८,५२४ जना गरी जम्मा ३६,०७५ जना पर्यटकले मात्र भक्तपुर अवलोकन भ्रमण गरेका थिए । गत वर्षको तुलनामा यो वर्ष १,२०,८३६ जना (३३४.९६ प्रतिशत) बृद्धि भएको छ ।
यो वर्ष विदेशी मुद्राको विनिमय दरमा आएको परिवर्तनलाई सम्बोधन गर्न गैरसार्क पर्यटकहरुस“ग संकलन गर्र्दै आएको प्रवेश शुल्क १५ डलरमा समायोजन गरी २०७९ पौष १७ गतेदेखि प्रति गैरसार्क पर्यटक रु. १८००।— प्रवेश शुल्क कायम ग¥यौं । पर्यटन प्रवद्र्धनको लागि ‘योमारी प्रदर्शनी’, ‘घरेलु उत्पादन मेला—२०७९’, सांस्कृतिक प्रतियोगिताहरुलगायतका गतिविधिहरू पनि यस अवधिमा सम्पन्न भए । –नगर प्रमुखको मन्तव्यबाट