भक्तपुर थप ८१ जना कोरोना संक्रमित


भदौ २८, २०७७, आइतबार | विहान ११:२६ बजे | 30


काठमाडौं । छिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा थप ५ सय ९७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ४ सय ८३, भक्तपुरमा ८१ र ललितपुरमा ३३ जना संक्रमित थपिएका हुन्।
त्यसैगरी, आइतबार देशभर १ हजार ३९ जना कोरोना संक्रमण पुष्टि भएको छ। आज थपिएका सहित नेपालभर कोरोना संक्रमित संख्या हजार ५४ हजार १ सय ५९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
डा. गौतमका अनुसार आज ६ हजार ५ सय ३६ जना क्वारेन्टाइनमा रहेका छन। गत २४ घन्टामा १ हजार १ सय ७३ जना कोरोना मुक्त भएका छन्। यो सँगै संक्रमण मुक्त हुने संख्या ३८ हजार ६ सय ९७ पुगेको छ। संक्रमित मध्ये निको हुने दर ७१.५ प्रतिशत रहेको छ ।

Comments