स्वतन्त्र र सुन्दर नबन्ला कसरी देश ?
भदौ २८, २०७७, आइतबार | विहान ०७:१३ बजे | 40
रामकृष्ण प्रजापति
सैंद्धान्तिक र बैचारिक रुपमा वहिर्गमन गरेर
एमसिसिलाई अंगाल्न खोेजेपनि
भ्रम श्रृजना गरेर
फुत्त संसदमा हुत्याएर पनि
जनतालाई सचेत पार्न नसकुञ्जेल
कमिशनको भत्ता पैसाका विटा बाँधेर
सत्ताईरहन्छ छिन छिन् ।
बौद्धिक सम्पतिमा अधिकार
देशको कानुनले नछुने
विस्तारवादीको समर्थन चाहिने
लेखा परिक्षण साम्राज्यवादीहरुबाटै
सरकारले खटाउन स्विकृति लिनुपर्ने
एमसिसि
सियो बनेर पस्ने
एटम बम भएर निस्कने ।
तरपनि
थाहा पाएर पनि नपाए झैं
वेपर्वाह पैसा छरेर
जानेर पनि नजाने झै
लाजै मर्दो बुझ पचाएर
नेपालीको अधोमुखी मन
साम्राज्यवादले चलाईरहेको
एमसिसि
इण्डोप्यासिफिक सैनिक गठबन्धन
होइन भने होइन भन
हो भने हो भन ।
आउ अव त
मिलाउँ सबै साम्राज्यवाद विरोधि मनहरु,
बुझे त एमसिसि पासो हो,
नबुझेर पो सम्झौता गर्न खोजियो
उर्जाको कसी बनेर साम्राज्यवादको मसी बनेर,
एमसिसिले लिबिया र सिरिया लगायतको देशलाई थन्क्याएका कथा
एमसिसिलाई अंगाल्दा भोग्नु परेको व्यथा
इराक अफगानिस्तानले भोग्नुसम्म भोगियो
असंख्य मानिसहरु मर्नुसम्म मरियो ।
चिनेजानेका छौं एमसिसिलाई हामीले पनि
कसरी बनाईन्छ देशलाई सोमालिया ?
यसले कसरी बनाउन्छ जनतालाई शत्रु ?
र कसरी थुम्थम्याउनु पर्छ एमसिसिलाई ?
र कसरी थर्काउनु पर्छ साम्राज्यवादीलाई ?
सानोदेखि ठुलोदेशसम्मको
अमेरिकादेखि अफ्रिका, युरोप, एसियासम्मको
सिद्धान्तदेखि बिचारभित्रको
सोहोरेर एमसिसिको व्यतिथि भण्डार गरे,
मारेर स्वार्थ र गलत विचारका
स्वाधिनता र आत्मनिर्भरता बनाई स्वाभिमान बने,
स्वच्छ र स्वाधिनताको बिचार नेपालीमा छरे,
बल र बुद्धिलाई छरपष्ट नगरी
बुद्धि र विवेकले ढुकुटी भरे,
नफर्काउला कसरी स्वाधिनता ?
आफ्नै खुट्टामा उभिएर विकास गरे
स्वतन्त्र सुन्दर नबन्ला कसरी देश ?