भक्तपुरमा थप १७ जना कोरोना संक्रमित


भदौ २७, २०७७, शनिबार | दिउँसो ०३:१९ बजे | 5


काठमाडौं । पछिल्लो २४ काठमाडौंमा ३७७ , ललितपुरमा ३७ र भक्तपुरमा १७ जनालाई कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४३१ कोरोना संक्रमित थपिएका छन् ।
आज थपिएका सहित उपत्यकामा कोराना संक्रमितको संख्या ११ हजार १ सय ३९ पुगेको छ।
पछिल्लो २४ घन्टामा देशभर १ हजार २ सय ०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। डा. गौतमले आज थपिएका सँगै संक्रमित संख्या ५१ हजार १ सय २० पुगेको बताए ।

Comments