भक्तपुरमा थप ३८ जना कोरोना संक्रमित
भदौ २६, २०७७, शुक्रबार | विहान ११:१२ बजे | 45
काठमाडौं । काठमाडौंमा ६२०, ललितपुरमा ३८ र भक्तपुरमा ३८ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा शुक्रबार ६९६ कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घन्टामा देशभर १ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएका सँगै संक्रमित संख्या ५१ हजार ९ सय १९ पुगेको बताए
उपत्यकामा पुष्टि भएको संख्या हालसम्मकै उच्च हो।