यहाँयहाँ छन् भक्तपुरमा कोरोना संक्रमित (विवरणसहित)
भदौ २५, २०७७, बिहीबार | दिउँसो ०१:३१ बजे | 25
यहाँयहाँ छन् भक्तपुरमा कोरोना संक्रमित (विवरणसहित)
भक्तपुर । आज भाद्र २५ गते बिहिवार भक्तपुर जिल्लामा ३४ जना कोराना भाईरस संक्रमण भएको कुरा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको भएता पनि ३३ जनाको मात्र नामावली आएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ।
तिनिहरू मध्ये भक्तपुर नपामा (६ पुरूषर३ महिला) गरि ९जना, मध्यपुर थिमि नगरपालिकाको बाहाखा बजार, सागवारी, लौहकन्थलीलगायत अन्य स्थानमा (९पुरूषर७ महिला) गरि १६ जना, चाँगु नपामा १ पुरूष, सुर्यबिनायक नपामा (४ पुरूषर ३महिला) गरि ७ जना रहेको स्वास्थ्य कार्यालयका निष्ठा बल्लले जानकारी दिनुभएको छ ।