भक्तपुरमा थप ३४ जनामा कारोना संक्रमण पुष्टि
भदौ २५, २०७७, बिहीबार | विहान ११:१९ बजे | 15
काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा थप ५ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा ४ सय ९५, भक्तपुरमा ३४ र ललितपुरमा ४३ जनामा कारोना संक्रमण पुष्टि भएको बताए ।
बिहिबार देशभर १ हजार २ सय ४६ जना संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्ण ५० हजार २ सय १९ पुगेको छ ।
आज थपिएको संख्या हाल सम्मकै उच्च संख्या हो ।