सहकारी संस्थामा ब्यवस्थापककाे भूमिका बिषयक गाेष्ठि सम्पन्न


बैशाख ११, २०८०, सोमबार | विहान ०५:०५ बजे | 25


मध्यपुर थिमि । कतिपय सहकारीमा सञ्चालक र ब्यवस्थापककाे भुमिका थाहा नपाएर संस्थाहरूमा समय समयमा आउने गरेकाे समस्याकाे समाधान तथा निराकरण गर्ने उद्देश्यले मध्यपुर साकाेस म्यानेजर्स क्लव आज बैशाख ११ गते साेमबार एक दिने सहकारी संस्थामा ब्यवस्थापककाे भूमिका बिषयक गाेष्ठिकाे आयाेजना गरेकाे छ ।
नेफ्स्कुनकाे प्राविधिक सहयाेगमा आयाेजित गाेष्ठिमा नेफ्स्कुनका तालिम बिभागका प्रमुख सञ्जयराज तिमिल्सिनाले प्रशिक्षण दिदै सहकारीका ब्यवस्थापकहरूलाई हिलाेमा फुल्ने कमलकाे फुलसंग तुलना गर्दै संस्थाभित्रकाे समस्या र चुनाैतीलाई समाधान गर्न ब्यवस्थापकहरूकाे महत्वपुर्ण भुमिका रहने बताउनु भयाे ।
सञ्चालक र शेयर सदस्यहरूकाे बिचकाे पुलकाे माध्यम पनि ब्यवस्थापककै भएकाे भन्दै प्रशिक्षक तिमिल्सिनाले सञ्चालकले नितिनियम र निर्णय गर्ने भएकाे तर कार्यान्वयन चाहिँ ब्यवस्थापकले गर्ने बताउनुभयाे । उहाँले संस्थाका ब्यवस्थापक बाैद्विक पात्र भएकाे भन्दै मुलुकमा अहिले भईरहेकाे सहकारी समस्यालाई सहि दिशामा समाधान गर्न र चुनाैतीलाई छलाङ मार्न ब्यवस्थापकले गर्न सकिने बताउनुभयाे ।
प्रशिक्षक तिमिल्सिनाले सहकारीमा देखिएकाे बिद्यमान समस्याका कारण हाल धेरैजसाे सञ्चालक, शेयरसदस्य, बचतकर्ता तथा कर्मचारीहरूमा डिप्रेशनकाे समस्या  बृद्वि भईरहेकाेमा चिन्ता समेत ब्यक्त गर्नुभएकाे थियाे ।  गाेष्ठिमा प्रशिक्षक तिमिल्सिनाले ब्यवस्थापककाे काम, कर्तब्य र  गर्नु पर्ने भुमिकाका बारेमा समेत प्रकाश पार्नु भएकाे थियाे ।
साे अवसरमा आयाेजक क्लवका अध्यक्ष कपिल घजुले मुलुकभर धेरै जसाे सहकारी संस्थाहरूमा सञ्चालकहरूले ब्यवस्थापककाे महत्वपुर्ण भुमिका बारेमा थाहा नहुने गरेकाेले सहकारीमा समय समयमा समस्या आउने गरेकाे भन्दै त्यसलाई निराकरण गर्न गाेष्ठिकाे आयाेजना गरेकाे बताउनुभयाे ।
अध्यक्ष घजुले गाेष्ठिमा बालकुमारी साकाेस, उपकार साकाेस, स्वनिगः साकाेस, काेपिला साकाेस, थिमि स्वावलम्बन साकाेस, बाबा साकाेस, मध्यपुर थिमि साकाेस, शुभदिब्यश्वरी साकाेस, दर्पण साकाेस, सजिलाे साकाेस, सिद्धार्थ साकाेस, श्रमिक शक्ति साकाेस, बिश्ववास साकाेस, आदर्श साकाेस, ल्यायम्ह साकाेस, चामुण्डा साकाेस, शिक्षाविकास साकाेस, सिद्धिकाली साकाेस, द्रब्य साकाेस, माछापुच्छ्रे साकाेस, झरना साकाेस, जनकल्याण साकाेस, अष्टमंगल साकाेस, सारथि साकाेस, ओस्ला साकाेस, शंखधर साकाेसलगायत २६ वटा सहकारीका ब्यवस्थापकहरूकाे जानकारी दिनुभयाे  ।


Comments