शुभकामना आदान प्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रम आयोजना
बैशाख ९, २०८०, शनिबार | विहान ०३:१४ बजे | 10
भक्तपुर, वैशाख ६ । भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघद्वारा नव वर्ष २०८० को शुभकामना आदान प्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रम आयोजना गरेको छ। शुक्रबार भक्तपुरको तिसा ईनमा भएको सो कार्यक्रममा संघका कार्यसमिति पदाधिकारी, सदस्यहरु लगायत सल्लाहकारहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा अध्यक्ष गंगाराम मानन्धरले संघका पूर्व अध्यक्ष एवं सल्लाहकार रोशन भोयोद्योलाई नेपाल जग्गा तथा आवास विकास महासंघको कोषाध्यक्ष पदमा निर्वाचित भएकोमा बधाई ज्ञापन गरेका थिए। नव वर्ष २०८० को लागि संघले प्रकाशित गरेको क्यालेन्डरलाई उपस्थित सम्पूर्णले एकैसाथ विमोचन गरेका थिए। कार्यक्रममा संघका सचिव एवं क्यालेन्डर कार्यक्रम संयोजक अल्बर्ट बज्राचार्यले स्वागत मन्तव्य दिएका थिए। उक्त कार्यक्रममा संघका संस्थापक अध्यक्ष न्हुछे रत्न मानन्धर, नि वर्तमान अध्यक्ष माधव प्रसाद प्रजापति, सल्लाहकार शिव प्रसाद मानन्धर, श्याम कृष्ण मानन्धर, पूर्व अध्यक्ष श्याम प्रसाद मानन्धर, पुण्यराम खाताखो लगायत को उपस्थिति रहेको थियो। संघका महा-सचिव राम प्रसाद खर्बुजाले संचालन गरेको सो कार्यक्रम अध्यक्ष गंगाराम मानन्धरको सभापतित्वमा सम्पन्न भएको थियो।