मुलपानीलाई चिनाउने उद्देश्यले दोश्रो मुलपानी महोत्सव सुरु


2023-04-12 12:17:40

News Image

काठमाडौं । कृषि घरेलु हस्तकलाको विकास गरौं, साहित्य संस्कृतिको संरक्षण र प्रबद्र्धन गरौ भन्ने नाराका साथ बुधबारदेखि दोश्रो मुलपानी महोत्सव २०७९÷८० सुरु भएको छ । श्री श्रृषेश्वर महादेव संरक्षण क्षेत्र परिसर समाज र मुलपानी युवा समाज मुलपानी ६ काठमाडौंको संयुक्त आयोजनामा १३ दिने मेला सुरु भएको हो । 
काठमाडौंको मुलपानी क्षेत्रलाई थप परिचित गराउने उद्देश्यका साथ मेला सुरु भएको हो । मेलाको उदघाटन कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्रबहादुर कार्कीले एक समारोहवीच गरे ।  
मुलपानीलाई थप चिनाउने तथा मुलपानीमै रहेको गुरुकुल तथा बालआश्रमलाई सहयोग गर्ने उद्देश्यले दोश्रो पटक महोत्सवको आयोजना गरेको आयोजक श्री श्रृषेश्वर महादेव संरक्षण क्षेत्र परिसर समाजका अध्यक्ष जगननाथ खनालले बताए । महोत्सवमा खाद्य तथा कृषि सामाग्री, नसरीका बोटविरुवाहरु, दैनिक जीवनका लागि आवश्यक सरसामानहरुदेखि लिएर थुप्रै आवश्यक सम्पूर्ण सामानहरु रहेको अर्काे आयोजक संस्था मुलपानी युवा समाज मुलपानी ६ काठमाडौंका अध्यक्ष राजकुमार केसीले जानकारी गराए । मेलामा दर्शकलाई आकर्षित गराउन दैनिक राष्टिय तथा स्थानीय कलाकारहरुबाट मनोरञ्जनको कार्यक्रम राखिएको अध्यक्ष केसीले जनाए । त्यस अनुसार दिउँंसो २ बजेदेखि दैनिक फरकफरक चिरपरिचत गायक, कलाकारहरुलाई ल्याएर मनोरञ्जन प्रदान गर्ने योजना रहेको उनले सुनाए । 
मेला मुलपानीको चउर नजिकैको खुल्ला क्षेत्रमा भएको छ । मेलामा प्रवेश शुल्क ५० रुपैयाँं राखिएको छ । बृद्धबृद्धा, अशक्त, अपांग, बालबालिकालगायतलाई निःशुल्क प्रवेशको व्यवस्था रहेको जनाइएको छ । मेलामा काठमाडौं उपत्यका र उपत्यका बाहिरका विभिन्न नगरपालिकाका गरी १५ लाखले अवलोकन गर्ने अपेक्षा राखिएको छ । मेला आगामी वैशाख ११ गतेसम्म चल्ने छ ।
आईटी एण्ड सप्लायर्स ग्रुप प्रालिका अध्यक्ष बलराम श्रेष्ठको व्यवस्थापनमा मेला भएको हो । मेलामा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरु पनि रहेका छन् । 

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *