एकदिने हर्पिक तथा झोल साबुन बनाउने तालिम सम्पन्न


चैत २५, २०७९, शनिबार | विहान ११:२४ बजे | 15


एकदिने हर्पिक तथा झोल साबुन बनाउने तालिम सम्पन्न

भक्तपुर, २५ चैत । केदारनाथ बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनमा एकदिने हर्पिक तथा झोल साबुन बनाउने तालिम सल्लाहकार रामकृष्ण प्रजापतिको आतिथ्यतामा संस्थाको तालिम हल जगातीमा शनिवार सम्पन्न भयो । 
अतिथि रामकृष्ण प्रजापति सहकारीको समाजिक क्रियाकलाप अन्तर्गत एक दिने हर्पिक तथा झोल साबुन बनाउने तालिम दिएर समाजका दिदी बहिनीहरुलाई उद्यमशील बनाउन र स्वरोजगार श्रृजना गर्न मद्दत पुगेको छ भन्नुभयो । उहाँले समुदायमा आधारित सहकारीले समाजको निम्ति काम गर्ने भएकोले केदारनाथ साकोस पनि समुदायमा आधारित र बचत सुरक्षित हुने संस्था प्रमाणित भएको बताउनुभयो । उहाँले व्याजको लोभमा जुनसुकै सहकारीमा निक्षेप जम्मा गरे दुब्ने सम्भाबना भएकोले सहकारी बारे बुझेर मात्र अगाडि बढ्नु पर्ने बताउनुभयो । उहाँले तालिम भनेको व्यवहारमा उतार्न भएकोले एक दिन नौलो दुई दिन सिक्यो बीस दिनमा विस्र्यो भने जस्तै व्यवहारमा प्रयोग नगरे तालिम लिएको अर्थ नहुने बताउनुभयो । उहाँले कच्चा बैद्यको मात्र यमपुरीको यात्रा भने झै तालिममा निपुन नभए यमपुरीके यात्रा हुन सक्ने बताउनुभयो । उहाँले आफैले उत्पादन गरेको चिज प्रयोगले आत्माविश्वास जाग्ने र बजारमा आएका अनेक थरीले दिग्भ्रमित हुन नपर्ने र म्याद नाघेको, कमशल हुने बताउनुभयो । उहाँले तालिममा सिकेका सीपबाट उत्पादन, वितरण र बजारीकरणमा समेत ध्यान दिए प्रशिक्षार्थीहरुलाई स्वरोजगार हुन सफल हुने बताउनुभयो । 
प्रशिक्षक प्रमिला मर्हजनले तालिममा सिकेको सीपबाट उद्यमी भई व्यवसाय तर्फ अग्रसर हुन अनुरोध गर्दै बरु त्यसको निम्ति आवश्यक लगानी गर्न सहकारी तयार र बजारीकरणको लागि म तयार रहेको बताउनभो । 
प्रशिक्षार्थीहरुको तर्फबाट स्मारिका भैलले तालिम राम्रो भएको बताउँदै बदलिदों आधुनिक जमानामा सफा, विश्वासीलो सामान प्रयोग गर्न पाउने बताउनुभयो । उहाँले एउटा सीपले आत्मनिर्भर बन्न गा¥हो हुने भएकोले यो तालिमले थप सीपको सिर्जना भएको बताउनुभयो । 
कार्यक्रम संस्थाका उपाध्यक्ष रविन नागाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रबन्धक दयाराम तजले, विपिन श्रेष्ठले पनि बोल्नु भएको थियो । तालिममा २० जनाको सहभागी रहेको थियो ।

Comments