भक्तपुरमा थप १३ जना कोरोना संक्रमित
भदौ २२, २०७७, सोमबार | विहान ११:०७ बजे | 10
पछिल्लो २४ घन्टामा काठमाडौंमा २९३, ललितपुरमा २० र भक्तपुरमा १३ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी, काठमाडौं उपत्यकामा ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार देशभर १६ हजार २ सय ५९ संक्रिय संक्रमित र होम आइसोलेसनमा ७ हजार १ सय ९० जना रहेका छन्।
देशभरि चौबिस घण्टामा थप ९७९जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर अब ४७ हजार २ सय ३६ जना संक्रमित पुगेका छन्।
२४ घन्टामा १ हजार ७ सय ३९ जना कोरोना मुक्त भएका छन्। यो सँगै संक्रमण मुक्त हुने संख्या ३० हजार ६ सय ७७ पुगेको छ। संक्रमित मध्ये निको हुने दर ६५ प्रतिशत रहेको छ ।