समग्र देशलाई ध्वस्त पार्नु छ भने अर्थतन्त्रलाई ध्वस्त पारे पुग्छ


2023-04-05 12:06:52

News Image

भक्तपुर, २२ चैत । भक्तपुर नगरपालिकाको अनुगमन समितिको आयोजनमा मासु पसल व्यवसायीहरुको भेला नगर प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा भनपा सभाहलमा बुधबार सम्पन्न भयो । 
प्रमुख अतिथि भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले हरेक कुरा अर्थतन्त्रले निर्धारण गर्ने भएकोले समग्र देशलाई ध्वस्त पार्नु छ भने अर्थतन्त्रलाई ध्वस्त पारे पुग्छ भन्नुभयो । उहाँले मासु व्यवसाय पनि अर्थतन्त्रमा प्रभाव पार्ने बताउँदै बाह्य देशबाट मासु आयात गरे देशको पैसा विदेशिएर देशको आर्थिक अवस्था कमजोर हुने हुँदा बरु व्यवसायीलाई अनुदान, सहुलियत ऋण दिई बाह्य मासु आयातमा बढी कर लगाई मासुमा आत्मनिर्भर बन्नुपर्ने बताउनुभयो । मासुमा आत्मनिर्भर हुन खोज्दा वर्डफ्लुको हल्ला गरी भारतीय मासु आयात गराउने भारतीय एकाधिकार पुँजीको कुचाल हो भन्नुभयो । उहाँले तरकारीमा २२ अर्वको आयात गरेको तथ्याङ्क रहेकोले आत्मनिर्भर बनाउन व्यवसायलाई उकास्नु पर्ने बताउँदै उपभोक्ताको पनि क्रयशक्ति बढाउनु पर्ने बताउनुभयो । उहाँले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य र पर्यटनमा गन्तव्य बनाउँदै लान्दा बाह्य जिल्लाका अध्ययन, अवलोकन र भ्रमणले गर्दा यहाँका जनताको करौडौं कारोबार भई आर्थिक उन्नती भएको बताउँदै भक्तपुरलाई आर्थिक सम्पन्नता गर्ने बताउनुभयो । उहाँले जनताको आर्थिक स्तर विकास गर्न स्थानीय उत्पादन मेला समेत भर्खरै सम्पन्न गरेको बताउनुभयो । उहाँले नाफाको निम्ति जे पनि गर्ने सोचलाई परिवर्तन गरि इमान्दारपूर्वक व्यवसाय संचालन गरे उपभोक्ता मारमा नपर्ने र स्वास्थ्य हुने बताउनुभयो । उहाँले उपभोक्ताको विश्वास जिते व्यवसाय प्रवद्र्धन हुने बताउँदै आर्थिक उपार्जनका उपायहरु दिई रोजगरी सृजना गरी युवाहरुलाई विदेशिनबाट रोक्ने बताउनुभयो । 
कार्यक्रम बजार अनुगमन समितिका संयोजक एवम् ३ नं वडाध्यक्ष राजकृष्ण गोराको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत अनुगमन समितिका सदस्य एवम् १ नं वडाध्यक्ष श्यामकृष्ण खत्री र सदस्य सचिव दिलिप कुमार सुवाल, वडानिरिक्षक रामकृष्ण प्रजापति र पशु सेवा कार्यालय भनपाका पार्वति योञ्जनले पनि बोल्नु भएको थियो भने कुखुरा व्यवसायी संघ भक्तपुरका अध्यक्ष तुल्सिराम धुख्वा लगायत व्यवसायीहरुले मासु व्यवसायमा देखिएका समस्या र अनुगमन गर्नुपर्ने बारे विभिन्न जिज्ञासा राखेको थियो ।  

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *