चन्द्रकमल एक थुंगा पुस्तकमा मेरो एक दृष्टि


भदौ २२, २०७७, सोमबार | विहान १०:५७ बजे | 40


डा.इन्दुल के.सी.
प्रारम्भ
शब्द सरजक श्री चन्द्रमान प्रधानज्यूको आत्म कथन–‘चन्द्र कमल एक थुंथा’ नामको किताब हालै पाठक समक्ष आएको छ । मञ्चुका स्मृति अक्षयकोष नेपालले २०६५ सालमा प्रकाशित ‘को हो त्यो मंगलमान ?’ भन्ने पुस्तकमा आफ्नो मन्तव्य लेख्नु हुने आफ्ना सहोदर दाजु श्री मंगलमान ज्यूको समाजसेवा राष्ट्रसेवाको पदचापमा हिड्नु हुने प्रधानज्यू आफ्नै आत्मवृतान्त ‘आफ्नो जीवनको इतिबृति रहेको’ यो किताब लेखकद्धारा आफ्नो परिचय दिनुभएको छ ।
साहित्यका विभिन्न विधाहरुमा गद्यसाहित्यको अन्तरगत आत्मकथा ९द्यष्यनचबउजथ० को एउटा छुटै स्थान छ । विश्वका विभिन्न व्यक्तिहरुले आ–आफ्ना आत्मकथाहरु लेख्नु भएका छन् । भारतका पं. ज्वाहरलाल नेहरुको आत्मकथा, बङगलाका शेख मुजिवर रहमानको ती अधुरा संस्मरणहरु, नेपालका राजनितिक एवं प्रधान मन्त्री श्री विश्वेश्वरे प्रसादज्यूको आत्मवृतान्तका किताबहरु जस्तै सर्बमान्य नेता, श्री गणेशमान सिँहज्यू, प्रधान सेनापति श्री रुकमाङ्गक कटुवालको आत्मकथा, श्री कर्ण शाक्यको – मोज (सुख र सन्तुष्टिका क्षणहरु) श्री मंगलमोहन श्रेष्ठज्यूको मेरो जिवनचित्र आदि आत्मकथाका किताबहरु नेपाली भाषाको भण्डारमा थपिएका छन् र थपिने क्रम जारी छ ।
हुनत यो किताब औपचारिक रुपमा लोकार्पण भइसकेको छैन् । लेखक श्री चन्द्रमान प्रधानज्यूले यस किताबको बारे आफ्नो फेसबुकमा राख्नु भइसकेको छ । यसरी नै ‘एबीसीडी खबर’ नामको अनलाइनमा यस किताबको रंगीन कभरका साथ यसमा रहेका केही विषयहरुको जानकारी समेतको समाचार सम्पे्रषण भइसकेकोले विश्वका कयौं मानिसहरुलाई यस किताबको जानकारी भइसकेको छ । यसै कारणले हुनुपर्छ – लेखक स्वयमले दिनुभएको जानकारी अनुसार हालै सयौं किताबहरु हातहातै विक्रि भैसकेको छ । मानौं हट केसको रुपमा विक्री हुन थालेको यस किताब केही समयभित्र स्टक समाप्तहुने लक्षण देखापरेको छ ।
यस किताबबारे यो लेख मार्फत मैले जे पढें जे बुझे सो को आधारमा मेरा केही शब्दहरु लेखी रहेको छु ।
यस किताबका अन्तिम पानामा रहेको श्री विवशबस्तीजी को शब्दहरु ‘कतिपय ख्याति प्राप्त व्यक्तिहरुका आत्मकथा पढ्दा भने लेखकले आफ्ना अतितका मैलालाई धोई–पखाली सफा सुधार बनाएर पेश गरेका देखिन्छन् ।’ लेखक श्री चन्द्रमानजीलाई राम्ररी चिने बुझेका मानिसहरुले उहाँको यो किताब पढिसकेपछि कुन रुपमा यसलाई लिनुहुनेछ त्यो भविष्यको गर्भमा नै छ । मैले लेखकलाई चिनेको छु । विगत ३० वर्षदेखि आत्मिय साथीको रुपमा संगै हामी हिडेको छौं । संगै विभिन्न कार्यलय, संघ संस्थाहरुको, कियाकलापहरुलाई नजिकबाट नियालेर सह अवलोकन कर्ताको रुपमा व्यवस्थापनबारे प्रतिबेदनहरु लेखेका छौं । यस नाताले म भन्न सक्छु कि श्री विवशबस्ती ले माथि उल्लेख गरियझै चन्द्रमान जीले आफ्नो अतितका मैलालाई यस किताबमा लुकाउनुभएको मैले पाईन ।
अग्रलेख
यस किताबको सुरुमा निम्न ६ जना व्यक्तिहरुको अग्रलेखहरु छन् ।
१) वरिष्ठ पत्रकार श्री भैरव रिसाल–चन्द्रमान प्रधानलाई पढ्न खोज्दा शिर्षक अन्तर गत ९ वटा उपशीर्षकहरु (क) आत्मकथाः मातृभूमिको ऋण तिरेको (ख) लिनेमात्र होइन शिक्षा दिने पनि हो (ग) यसरी स्थापना भएका कलेज र बैंक (घ) व्यवस्थापकको कलम पनि (ङ) मान्छे अनौठो प्राणी (च) काठमाडौंको भौतिक तस्बिर (छ) व्याक टु मंगलमान – गर्व लाग्छ ।
२) सीमा अध्येता तथा मदन पुरस्कार विजेता वरिष्ठ सीमाविद् श्री बुद्धिनारायण श्रेष्ठ–‘चन्दमान प्रधानसँग वितेका छ दशक देखि मेरो चिनजान छ । ... सिधासाधा कुरा गर्ने र चन्द्रमानको शीतलता जस्तो सौम्य काम कुरो गर्दाको प्रसङ्गमा पदमा रहँदा आरोह अवरोहको कुरा कत्ति पनि नहिच्किचाइकन लेखिएको पाइन्छ,’ यो आत्मवृतान्तमा भनी लेख्नुभएको छ ।
३) डा. इन्दुल के.सी भक्तपुर – भक्तपुर नगरपालिकाका तत्कालीन मेयर श्री ज्ञानबहादुर न्याइँच्याँइज्यूको कार्यकालमा त्यस नगरपालिकाको औपचारिक अनुरोधमा श्री चन्द्रमानप्रधानज्यू र म सम्मिलित दुईजनाको टोलीले उक्त नगरपालिकाको संगठन र व्यवस्थापन ९इचनबलष्शबतष्यल बलम ःबलभनmभलत० को विस्तृत अध्ययन गरी विभिन्न सुझावसहित हामीले प्रतिवेदन प्रस्तुत गरेका थियौं ।
४) कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत श्री अनिल कुमार उपाध्यायज्यू लेख्नुहुन्छ – ‘चन्द्रमान सर मेरो लागि सधै नै आदरणीय ह्ुनुहुन्छ । यस बैंकको स्थापनाकाल भन्दा अघिको अवस्था बैक, स्थापना गर्दाको चुनौती र पछिल्लो तीन दशक सम्म बैकमा रहँदाको आरोह–अवरोहका प्रसङ्गहरु अत्यन्त रोचक ढंगबाट प्रस्तुत गर्नुभई उहाँले बैकलाई माया गर्ने सबैका लागि मात्र नभई यस बैकका भावी पिढीका लागि पनि उत्कृष्ट उपहार एवं सन्देश दिने प्रयास गर्नु भएको छ – जुन अत्यन्तै सह्राहनीय छ ।’
५) मञ्चुका स्मृति अक्षयकोषका संयोजक श्री लुमिनकुमार श्रेष्ठज्यूले प्रकाशकीय लेखमा– ‘चन्द्रमानजीबाट लिखित पुस्तक मैले सरसर्ती पढें । पुस्तकमा विभिन्न निजी तथा संघ संस्थाहरुसंग सम्बन्धित विषयवस्तुमा तर्क–वितर्क सहित ज्ञानगुणका रोचक तथ्यहरु प्रस्तुत भएका छन् ।’
६) यस किताबका लेखक स्वयम श्री चन्द्रमान प्रधानज्यूको – चन्द्र कमल एक थुंगा प्रकाशनबारे मेरो भन्नु हुन्छ – ‘मैले नेपालको बैक तथा वित्तिय संस्थाहरुका साथै व्यवस्थापन क्षेत्रमा करिव ६ दशक लामो समय गुजारँे । यति लामो अवधिमा मैले सँगालेको एउटा अनुभब हो, यदि कसैले कमलको फूलको सौन्दर्य नियाल्न चाहन्छ भने त्यसलाई स्वच्छ पानीे भरिएको तलाउमा हुर्काउनुपर्छ ।’ भनि लेख्नुभएको छ ।
तस्बिर (फोटो)
मलाई लाग्छ माथि उल्लेख भएका कुराहरुले यस किताबको विहंगम दृश्य ९द्यष्चमुक भथभ खष्भध० प्रस्तुत भैसकेको हुनुपर्छ ।
किताबको कभर पेजमा पिता श्री गणेशमान प्रधान माता गणेशकुमारी प्रधानका कान्छो छोरा हाल ८२ वर्ष पुगि सक्नुभएका लेखकको आकर्षक रंगिन फोटोले सजिएको छ । एकसय असी (१८०) पृष्ठ रहेको यस किताबलाई लेखकले – ‘कृषि विकास बैक तथा मैले काम गरेका अन्य संघसंस्थाहरुका निती निर्माता र सहयात्रीहरुको अथक प्रयास स्वरुप ती संस्थाहरुले अग्रगति लिएकोमा खुशी जनाउँदै उहाँहरुको सफलता एवं निरन्तरताको कामना गर्दै यो पुस्तक सर्मपण गरेको छु भनि लेख्नु भएको छ ।
यस किताबलाई विषय क्रम
यस किताबलाई विषय क्रममा (क) मेरो पारिवारिक परिवेश, (ख) सहकारी–बैकको सेरोफेरो, (ग) कृषि विकास बैकमा आरोह–अवरोह (घ) धान चामल निर्यात कम्पनीमा चार वर्ष (ङ) अन्य संस्थाहरुमा कार्यरत (च) अन्तमा– असक्त छुँ, तर अघि बढ्दै छु लगायतका शिर्षकहरुमा ३७ वटा लेख (आत्म कथन) हरु समावेश भएका छन् । साथै तस्विर खण्डमा सान्दर्भिक ३२ वटा फोटोहरु समावेश भएका छन् । यि फोटोहरुमा लेखकका परिवारहरु, नातेदारहरु, मित्रहरुको साथै राजा महेन्द्र, सर्वोच्च नेता गणेशमान सिंह, पूर्व प्रधानमन्त्री श्री कीर्तिनिधि विष्ट कविवर श्री केदारमान व्यथित, तत्कालीन प्रधान मन्त्री श्री लोकेन्द्रबहादुर चन्द्र, तत्कालीन प्रधान मन्त्री श्री गिरीजाप्रसाद कोइराला, कृषि मन्त्री सुश्री शैलजा आचार्य, तत्कालीन अर्थमन्त्री डा. श्री रामशरण महँत, राष्ट्रिय सभाका अध्यक्ष श्री बेनीबहादुर कार्की, अर्थमन्त्री डा. युवराज खतिवडा, कृषि विकास बैकको रजत जयन्तीको अवसरमा प्राप्त शील्ड लेखकलाई प्राप्त सम्मान पत्रहरु र अभिनन्दन पत्रको फोटो समाबेश भएका छन् । साथै जापान भ्रमणको क्रममा लेखक र उहाँकी श्रीमती कान्छी मैयाँ प्रधानको तस्बिर र नेवारी परम्परा अनुसार ७७ वर्ष ७ महिन, ७ दिन ७ घन्टा ७ पला ७ घडी पुगेको अवसरमा लेखकको भीमरथारोहनको बेला श्रीमती कान्छी मैयाँ साथ रहनुभएको आकर्षक फोटो पनि छन् ।
अन्तमा
यस किताबमा रहेका सम्पूर्ण लेखहरु पथनिय छन्, उल्लेख गर्ने सन्दर्भमा केही लेखकहरुको नाम– १) मङ्गलमानको कथा, २) अमेरिका भ्रमणको अनुभव, ३) राजा महेन्द्रले खोल्नु भयो खाता ४) वेफ्वाकमा दुख पाएँ, ५) हानमा हुँदा मार्क टलीसंगको भेट समेट लेखहरुले पाठक सबैको मन छुन्छ र प्रेरणादायी लेखको रुपमा मैले पाएको छु । मुल्य रु ५००।– को यो किताब  विक्रीबाट प्राप्त आय समाजिक कार्यमा प्रयोग गरिनेछ भनी लेखी श्री चन्द्रमानजीले आफ्नो उदारताको उद्घोशन पनि गर्नुभएको छ । यसैले यो किताब प्रशासकहरु, व्यवस्थपकहरु, समाजसेवीहरु, सबैको लागि संग्र्रहणीय छ ।

Comments