गुणस्तर व्यवस्थापनसम्बन्धी कार्यक्रम सम्पन्न


चैत १७, २०७९, शुक्रबार | दिउँसो ०१:५४ बजे | 10


गुणस्तर व्यवस्थापनसम्बन्धी कार्यक्रम सम्पन्न

भक्तपुर ः भक्तपुर जिल्लाका उद्योगी तथा व्यवसायीहरुका लागि उद्योग–व्यवसायमा गुणस्तर व्यवस्थापनको आवश्यकता विषयमा समूहगत छलफल कार्यक्रम शुक्रबार आयोजना गरिएको छ । 
भक्तपुर उद्योग वाणिज्य संघ र क्वालिटी एशोसिएसन अफ नेपालको संयु्ुक्त आयोजनामा संघको सभाहलमा कार्यक्रम भएको हो । कार्यक्रममा संघका अध्यक्ष श्री शिवप्रसाद मानन्धरले उद्योगी तथा व्यवसायीहरुको छाता संगठन भक्तपुर उद्योग वाणिज्य संघले स्थापनाकालदेखि जिल्लाका उद्योगी व्यापारीहरुको हकहितको पक्षमा विभिन्न क्रियाकलाप गर्दै आएको बताए । उद्योगी व्यवसायीहरुको व्यापार–व्यवसायको विकास तथा प्रवद्र्धनमा उद्योग–व्यवसायमा गुणस्तर व्यवस्थापनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुनाले उक्त कार्यक्रम प्रभावकारी हु्नेमा विश्वास व्यक्त गरे । 
कार्यक्रममा क्वालिटी एशोसिएसन अफ नेपालका अध्यक्ष जनार्दन घिमिरले उद्योग–व्यवसायमा गुणस्तर व्यवस्थापन सम्बन्धमा प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा उद्योगी व्यवसायीहरुले उठाएका जिज्ञासाहरुबारे नेपाल सरकारका पूर्वसचिव एवं खाद्य तथा गुणस्तर नियन्त्रण विभागका पूर्व महानिर्देशक जीवनप्रभा लामा, स्वास्थ्य विभागका सहसचिव एवं औषधि व्यवस्था विभागका पूर्व महानिर्देशक नारायण ढकाल, कन्जुमर आई नेपालकी अध्यक्ष विमला खनाले स्पष्ट पारेका थिए । 
भक्तपुर उद्योग वाणिज्य संघको तर्फबाट कार्यक्रम संयोजक एवं कार्यसमिति सदस्य आस्था साखः र क्वालिटी एशोसिएसन अफ नेपालको तर्फबाट कार्यक्रम संयोजक सन्तोष घिमिरेले कार्यक्रमको उद्देश्य बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा भक्तपुर औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयकी प्रमुख मेरिना, चित्रकार र सहभागीहरुको तर्फबाट भक्तपुर जुजु धौ व्यवसायी संघका अध्यक्ष कृष्णगोपाल सैजूले उद्योग–व्यवसायमा गुणस्तर व्यवस्थापन गर्नेसम्बन्धी कार्यक्रम निकै लाभदायक रहेको भन्दै आगामी दिनमा पनि उद्योगी व्यवसायीहरुलाई लक्षित गरी यस्ता कार्यक्रमहरु भइरहनुपर्नेमा जोड दिए । कार्यक्रममा जिल्लाका विभिन्न संघ, संस्था, फर्म, उद्योग, कलकारखानाका गरी ५० जना सहभागी भएका थिए । संघका अध्यक्ष शिवप्रसाद मानन्धरको सभापतित्वमा भएको कार्यक्रम संघको सचिवालयका अधिकृत सत्यराम त्वातीले सञ्चालन गरेका थिए । 

Comments