गुरु गणेशको जेष्ठ सदस्य भ्रमण पलाञ्चोक भगबती स्थानमा
चैत १२, २०७९, आइतबार | विहान ०८:१९ बजे | 15
भक्तपुर, ११ चैत । गुरु गणेश वचत तथा ऋण सहकारी संस्था लि.को अर्ध बार्षिक समिक्षा बैठक एवम् जेष्ठ सदस्य भ्रमण पलाञ्चोक भगबती स्थानमा शनिवार सयौं जनाको सहभागीतामा अध्यक्ष कृष्णराम कासिछ्वाले बासुरी बाजाको धुनमा पानसमा दिप प्रज्वलित गरी उद्घाटन गर्नुभयो ।
कार्यक्रममा सल्लाहकार रामकृष्ण प्रजापतिले साधारण सभाबाट पारित बार्षिक नीति तथा कार्यक्रम र बजेत सहकारी अगाडि बढ्ने बाटो भएकोले त्यो अनुसार काम कार्यवाही र लक्ष्य पूर्ति भए नभएको विश्लेषण गर्नु नै समिक्षा भएको बताउनुभयो । उहाँले सहकारीलाई समिक्षा र विश्लेषण गर्ने अचुक उपाय भनेको पल्र्स विश्लेषण भएकोले पल्र्स दिएको नम्स अनुसार चले सहकारी प्रगतिको बाटोमा दो¥हाउन सफल हुने बताउनु भयो । उहाँले अहिले धेरै सहकारीहरु संकत देखापरेको बताउँदै जसले सहकारीको लगानी अनुत्पादक क्षेत्र घर जग्गा र शेयर कारोबार लगयत क्षेत्रमा गरेको र ऋण लगानी एउटाको लागि भनि लगि अर्कैमा प्रयोग हुँदा त्यस्ता सहकारीहरुमा मात्र संकत देखिएको बताउनुभयो । उहाँले सहकारी विग्रन नदिन संचालक समिति, लेखा सुपरिवेक्षण समिति र कर्मचारीहरु इमान्दार पूर्वक सहकारी मुल्यमान्यता अनुसार काम गर्नुपर्ने बताउँदै केहि पैसाको लोभमा अनियमितता गरे कसैले नदेखिपनि उनकै मनले देखिने हुँदा त्यसले मर्ने बेलासम्म मन पोलिरहने हुन्छ साथै एक पटक गलत कार्य गरेपछि त्यसमै ध्यान गई रहने हुँदा एक दिन एक दिन पत्ता लाग्ने हुँदा अनियमितता र गलत कार्य नगर्न अनुरोध गर्नुभयो । उहाँले जेष्ठ सदस्यहरुले धेरै व्याजको लोभमा समुदायमा आधारित नभएको सहकारीमा निक्षेप जम्मा गर्दा ती सहकारीहरु डुब्दा जेष्ठ सदस्यहरुले त्यसको चिन्तामा अकालमा मृत्युवरण गर्नुपर्ने अवस्था आएकोले व्याजको लोभमा भन्दा समुदायमा आधारित सहकारीमा निक्षेप जम्मा गर्न अनुरोध गर्नुभयो । उहाँले सहकारी सम्बन्धी ज्ञान विना सहकारी संचालन गर्दा पछि पछुटाउनु पर्ने भएकोले कच्चा बैद्यको मात्रा यमपुरीको यात्रा हुने भएकोले सहकारी सम्बन्धी जानकारी राख्नुपर्ने भन्नुभयो । उहाँले सहकारीले सामाजिक कार्यपनि गर्नुपर्ने बताउँदै पैसाको पछाडि मात्र लागे समाज राम्रो नभइकन जीउधनको सुरक्षित नहुने भएकोले सहकारीको नारा नै “सदस्यहरुको आर्थिक र सामाजिक स्था उकासी आदर्श समाज बनाउने” नारा तय गरेको हुनुपर्छ भन्नुभयो । उहाँले सहकारी भनेको धनीको निक्षेप संकलन गरी गरिबको लागि ऋण लगानी गरी आयआर्जन गरे धनी र गरिबको खाडल कम हुने हुँदा सहकारी समाजवादको पाठशाला हो भन्नुभयो । उहाँले सहकारीमा आफुमात्र जान्ने र बुझ्ने भनि घमण्ड गर्न नहुने बताउँदै सबैलाई संगसंगै लानुपर्ने बताउनुभयो ।
कार्यक्रममा सल्लाहकार काशिलाल प्रजापतिले छ महिनाको कारोबार सफा छ छैन हेर्ने र सफा गर्न सुझाब दिने नै समिक्षा भएको बताउनुभयो । उहाँले जसरी खेतिपातीमा बढी उब्जनी लिन मल सिचाईको व्यवस्था गरी असिनाबाट बचाउनु जरुरी हुन्छ त्यसरी नै सहकारी पनि प्रगतिको लागि लगानी आवश्यक छ भन्नुभयो । उहाँले सदस्यहरुले सहकारीमा जसले जे गरेपनि वेवास्ता गरे अद्योगति तर्फ जान सक्ने बताउनुभयो । उहाँले बोका पूर्व र पश्चिम तर्फ फर्काएर बीचमा घास राखेर खुवाउने बौद्धिक दृष्टिकोण र धनी बाबुको छोराको गाउँ धुमाईमा बुबाको सोच भन्दा फरक ढंकले बुझेको कथा सुनाउँदै जसरी छोराछोरी विकृति तर्फ लागे विग्रिन्छ त्यसरी नै सहकारीमा पनि अनियमिता भए विग्रिन्छ भन्नुभयो । उहाँले नयाँ पुस्ता र पुरानो पुस्ता बीच फाटो बढ्दै गएको त्यसमा मोबाइलको विकृति पनि हो भन्नुभयो ।
कार्यक्रममा संस्था अध्यक्ष कृष्णराम कासिछ्वाको सभापतित्वमा भएको कार्यक्रममा सभापतिको मन्तव्य राख्दै सदस्यहरुको नुन जस्तै गुणकारी ज्ञान र सहयोगले सफलता तर्फ उन्मुख भएको बताउनुभयो । उहाँले प्रत्येक शुक्रवार कर्मचारीहरुको बैठक र प्रत्येक महिनाको एक पटक अनुसार बजार अवलोकन, मासिक बचत सहित संस्थापकहरु भेलाले बचत बृद्धिमा टेवा पुगेको, गुणस्तरीय र सुरक्षित सफ्टवेयरले सदस्यहरुलाई विभेद रहित सेवा प्रदान, सहकारी ऐन, नियम र विनियम तथा सहकारी सिद्धान्तको परिधि भित्र रही आर्थिक अनुशासन प्रति संवेदनशील रहेको बताउनुभयो । उहाँले यस आर्थिक बर्षमा रुस र युक्रेन युद्ध, ठूला राजनैतिक दल तथा सरकारका खराब कार्यशैली एवम् खिचातानीले देशमा महंगी र मन्दीले अछुटो नभएकोले सहकारी मार्फत सदस्यहरुलाई सुरक्षित गर्न आर्थिक मितव्ययको लागि सचेत गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा कोषाध्यक्ष तुल्सी केशरी प्रजापतिले आर्थिक प्रगति प्रतिवेद प्रस्तुत गर्दै अर्ध बार्षिक समिक्षा गर्दा बार्षिक नीति तथा कार्यक्रमहरु प्रक्षेपण भएकोमा कतिको सफलता हासिल गर्न सकेका छौं र सहकारी मुल्य मान्याता, सिद्धान्त र सहकारी ऐन नियमानुसार संचालन भएको छ कि छैन भने नै मुख्य हो भन्नुभयो । उहाँले कुनै पनि संस्थाको प्रगति र सुधार गर्नुपर्ने छुट्टयाई निष्पक्षता र गम्भिरतापूर्वक गरिने विवेचना वा समालोचना नै समिक्षा हो भन्नुभयो । उहाँले आर्थिक बर्ष २०७८÷०७९ मा लगभग कर अधि ३२ लाख ५५ हजार ६ सय ३९ रुपैंया ९६ पैसा नाफा भएकोमा आर्थिक बर्ष २०७९÷०८० मा ४५ लाख रुपैंयाको नाफा अनुमान गरेका थियौं भन्नुभयो । उहाँले आ.व.२०७९÷०८०को अनुमानित वासलात बजेत रु.११६००००००।–. (एघार करोड साठी लाख रुपैंया ) र अनुमानित आयव्यय १६००००००।(एक करोड साठी लाख) रुपैंया पेश गरेका थियौं भन्नुभयो । उहाँले चालु आ.व.२०७९÷०८० मा भावी कार्यक्रमहरु प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा लेखा सुपरिवेक्षण समितिको संयोजक हरिकृष्ण प्रजापति, उपाध्यक्ष एवम् शिक्षा उपसमितिका श्रीप्रसाद प्रजापति, सचिव सत्यराम ज्ञामरु, साँस्कृतिक उपसमितिका रामकृष्ण लावजु, महिला तथा बालबालिका उपसमितिका चम्पा ज्ञामरु, बचत तथा ऋण अनुगमन तुल्सीराम प्याथ, युवा तथा खेलकुद उपसमितिका सिद्धान्त प्रजापति र राजु बजिकोंले पनि सहकारीको बारेमा बोल्नु भएको थियो । उक्त कार्यक्रममा जेष्ठ सदस्यहरुलाई विभिन्न खेल खेलाई मनोरञ्जन दिएको थियो ।