झीगु ख्वप साकोसमा झोल साबुन बनाउने तालिम सम्पन्न
चैत ११, २०७९, शनिबार | दिउँसो १२:०२ बजे | 25
भक्तपुर, चैत्र ११ गते । झीगु ख्वप बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा आज एक दिने झोल साबुन बनाउने तालिम सम्पन्न गरेको छ ।
संस्थाको व्यवसाय प्रवद्र्धन उप–समितिको संयोजनमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि एवं संस्थाका निवर्तमान अध्यक्ष तुल्सीराम ग्वाछाले प्रशिक्षक दयालक्ष्मी त्वातीलाई तालिम सामग्री हस्तान्तरण गरी तालिम उद्घाटन गरेको थियो ।
प्रमुख अतिथि ग्वाछाले तालिमले मानिसलाई योग्य र सक्षम बनाउने हु“दा सिक्ने कुरामा उमेरको कुनै पावन्दी हु“दैन, तालिमले नया“–नया“ परिस्थिति अनुसार उत्पन्न हुने समस्याहरु निराकरण गर्न सक्षम बनाउनुका साथै व्यक्तिलाई व्यवसायिक बन्न सघाउ पु¥याउने विचार व्यक्त गर्दै जनजीवनमा प्रत्यक्ष सरोकार राख्ने थप तालिम कार्यक्रमहरु गर्न समेत सुझाव दिनुभयो ।
कार्यक्रममा संस्थाका वर्तमान अध्यक्ष बलराम गोसाईले सफाइ सभ्यताको पहिचान हो, सफाइको लागि अति आवश्यक साबुन तयार गर्न सिक्नु वाञ्छनीय भएकोले व्यवसाय प्रवद्र्धन उप–समितिको संयोजनमा संस्थाले तालिम सञ्चालन गरेको हो भन्नुहु“दै शौचालय र भान्छाको राम्रो सफाइले व्यक्ति तथा परिवार नै स्वस्थ भइ स्वास्थ्यमा हुने खर्च बच्ने चर्चा गर्नुभयो । साथै तालिम पछि व्यवसायीक बन्न औपचारिक रुपमा सम्बन्धित निकायमा व्यवसाय दर्ता गरी व्यवसाय गर्नुपर्ने कुरालाई प्रकाश पार्नुभयो ।
कार्यक्रमको उद्घाटनमा व्यवसाय प्रवद्र्धन उप–समितिका संयोजक नाती तुईतुईले स्वागत मन्तव्य व्यक्त गरी कार्यक्रमको सभापतित्व ग्रहण गर्नुभएको थियो भने संस्थाका उपाध्यक्ष नारायणप्रसाद कवां, सचिव हरिकृष्ण दनेगुलु, व्यवसाय प्रवद्र्धन उप–समितिका सदस्य कृष्णमाया कवां र प्रशिक्षक दयालक्ष्मी त्वातीले पनि तालिमको महत्वको बारेमा आ–आÇना विचार व्यक्त गरेका थिए ।
अठार जना प्रशिक्षार्थीहरुलाई सहभागी भएको उक्त तालिमको प्रमाण पत्र तालिमको अन्त्यमा प्रमुख अतिथि तुल्सीराम ग्वाछाले प्रदान गर्नुभएको थियो ।