लोकेश्वर साकोसको कविलास भ्रमण सम्पन्न


चैत ५, २०७९, आइतबार | दिउँसो ०२:०७ बजे | 20


लोकेश्वर साकोसको कविलास भ्रमण सम्पन्न

नुवाकोट 
लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.कोे आयोजनामा संस्थाका सदस्यहरुको नुवाकोट जिल्ला स्थित कविलासको अध्ययन अवलोकन भ्रमण तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ । संस्थाका सदस्य २८१ जना तथा बाल बचतकर्ता ३४ जना गरी जम्मा ३१५ जना सदस्यहरुको उपस्थिति रहेको उक्त भ्रमणको कार्यक्रममा बोल्दै अतिथि साविक भनपा १५ वडाका पूर्व वडाअध्यक्ष रविन्द्र खर्बुजाले भ्रमण स्थलको धार्मिक तथा सामरिक महत्वको बारेमा चर्चा गर्नु   भयो । भ्रमणबाट सदस्यहरु नया“ ठाउ“ तथा उक्त क्षेत्रको भौगोलिक स्थितिबारे बुझ्न सकिनेहु“दा यस्ता भ्रमण नियमित रुपमा गर्नुपर्ने कुरा बताउनु भयो । भनपा वडा नं. २ का जनप्रतिनिधि श्यामसुन्दर मातांले संस्थाबाट आयोजित भ्रमणमा संस्थाका सबै उमेर समूहका सदस्यहरुको उत्साह जनक उपस्थिति रहेकोमा खुसी व्यक्त गर्नुभयो । भक्तपुर नगरपालिकाबाट व्यवस्थित शहरीकरण सहित बहुमत जनताको हितका निम्ति देको–मिवा–इतापाके आयोजना संचालन गरेकोले सबै पक्षबाट सहयोगको अपेक्षा गर्दै आयोजना तथा नगरपालिकामा भइरहेका विविध गतिविधिहरुको बारेमा जानकारी दिनुभयो । 
संस्थाका अध्यक्ष राजन जतिले भ्रमणबाट सदस्यहरुले देशको फरक–फरक ठाउ“को बारेमा अध्ययन गर्ने र बुझ्ने अवसर प्राप्त हुने विश्वास व्यक्त गर्नु भयोे । सहकारी संस्थाले वित्तिय कारोबार मात्र नभई सदस्यहरुको आर्थिक, सामाजिक एवं सा“स्कृतिक स्तर उकास्ने कार्यक्रमहरु गर्नुका साथै धार्मिक तथा मनोरञ्जनात्मक स्थल र भौगोलिक जानकारी मूलक अध्ययन अवलोकन भ्रमणको आयोजना गरेकोे बताउनु भयो । साथै आगामी दिनहरुमा पनि यस्ता कार्यक्रम निरन्तर रुपमा गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
संस्थाका संचालक सदस्य एवं युवा तथा अतिरिक्त क्रियाकलाप उपसमितिका संयोजक राजु छुकांको सभापतित्वमा भएको कार्यक्रममा युवा तथा अतिरिक्त क्रियाकलाप उपसमितिका सदस्य इन्द्रभक्त पंच र संस्थाका व्यवस्थापक प्रशान्त मानन्धरले पनि बोल्नु भएको थियो । 

Comments