भक्तपुरमा थप ४५ जना कोरोना संक्रमित
भदौ २०, २०७७, शनिबार | विहान ११:०२ बजे | 20
काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै काठमाडौंमा ३ सय २६ भक्तपुरमा ४५ र ललिलतपुरमा ३७ गरी उपत्यकामा ४०८ जना संक्रमित थपिएका छन् ।
देशभर थप १ हजार ४१ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले उक्त संख्या पुष्टि गरेका हुन् ।