भक्तपुरकी भावनालाई स्वर्ण


चैत ४, २०७९, शनिबार | विहान ०८:३८ बजे | 0


भक्तपुरकी भावनालाई स्वर्ण

हेटौंडा: अल नेपाल नोभिस बक्सिङ प्रतियोगितामा भक्तपुरकी भावना भण्डारीले स्वर्ण पदक जितेकी छिन्। शनिबार भएको ५२ केजी तौल समूहको फाइनल खेलमा भावनाले बक्समाण्डुकी मध्यिका अधिकारीलाई पराजित गर्दै स्वर्ण जितेकी हुन्।
यसअघि ५० केजी तौल समूहमा रेस बक्सिङ क्लबकी युजेन शर्मा, ४८ केजी तौल समूहमा अछामकी निर्मला ऐडीले स्वर्ण जितेका छन्। यस्तै पुरुषतर्फ ४८ केजी तौल समूहमा अल्फा बक्सिङ क्लबका विशेष बुढा मगर, ५१ केजी तौल समूहमा बक्समाण्डुका प्रवल उप्रेती र ५४ केजी तौल समूहमा दाङमा विवेक देवकोटाले स्वर्ण पदक जितेका छन्।
others

Comments

ताजा खबर